सडकलाई आफ्नै पसलको पटांगिनी ठानेर सामान राख्दा यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम !

बुर्तिवाङ, २०७४ माघ २३ । बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र रहेको ढोरपाटन नगरपालिकाकोे बुर्तिवाङ बजारका मुख्य सडकहरुमा पसलेहरुले सडक अवरुद्ध हुने गरी व्यापारिक सरसामानहरु राख्ने गर्नाले यात्रुहरुलाई आवत जावतमा असुविधा हुनुका साथै सडक दुर्घटना संभावना बढेको बजारवासीले टिप्पणी गर्न थालेका छन् ।

बेला बखत ढोरपाटन नगरपालिका, बुर्तिवाङ नगर विकास समिति, ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, स्थानीय संघसंस्था एवं सामुदायिक रेडियो परिवर्तनको सक्रियतामा बजार सरसफाई एवं सडक अवरुद्ध हुनेगरी छताछुल्ल राखिएका विक्रीका सामाग्रीहरु हटाउने अभियान सन्चालनमा ल्याईएको भएपनि पछिल्लो समय व्यापारीहरुले सामाग्रीहरु सडकमै राख्न थालेका हुन् ।

गत वर्ष प्रहरीले बजार अवरुद्ध हुने गरी राखिएका व्यापारिक सामानहरु ट्याक्टरमा उठाएर लगेपछी केहि समय व्यापारीहरु सतर्क भएर सडक अबरुद्ध हुनेगरी व्यापारिक सामान राख्न छोडेका थिए । तर आजभोलि यसरी (तस्वीर) सडक आफनै पसलको पटांगिनी सम्झेर व्यापारिक सरसामान राखिएको देखेपछी सरोकारवालाहरुको ध्यानाकर्षण हुनु जरुरी रहेको टिप्पणी हुन थालेको हो ।

यो पनि पढौं
साताको तस्बीर: बुर्तिबाङ बजार अनुगमन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *