एमाले नेता कार्की प्रति श्रद्धान्जलि : जिल्ला इन्चार्ज केसीद्वारा कार्कीको योगदानको स्मरण !

बागलुङ, २०७४ माघ २३ । नेकपा एमाले बागलुङले पार्टीका नेता हरिबहादुर कार्कीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । स्वर्गीय कार्कीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुका साथै अन्तिम श्रद्धाञ्जली अर्पण गरी मंगलवार बागलुङ नगरपालिका १ निर्णयघाटमा अन्त्येष्टी गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङका पूर्व सदस्य तथा वर्तमान सल्लाहकार कार्कीको सोमबार ५३ वर्षको उमेरमा निधन भएको थियो ।

एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि कार्कीको अन्त्यष्टी गरिएको हो । स्वर्गीय कार्कीको पार्थिव शरीरमा उहाँका ८ वर्षीय नाती डेनियल कार्कीले दागवत्ती दिएका थिए ।

अन्त्येष्टी कार्यक्रममा पार्टीका तर्फबाट शोक व्यक्त गर्दै एमाले नेतृ केसीले समाज विकासमा निरन्तर लाग्ने कार्कीको योगदानलाई स्मरण गर्दै स्वर्गीय कार्कीले समाजको विकासका लागि गरेका कामलाई निरन्तरता दिन सकेमा सच्चा श्रद्धाञ्जली हुने उहाँले बताईन् ।

एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले पार्टीका तर्फबाट प्रकाशित शोक वक्तत्व पढेर सुनाउदै एमाले नेता कार्कीको निधनले पार्टीले एक असल नेता र समाजले असल समाजसेवी गुमाएको बताए ।

अन्त्येष्टी कार्यक्रमको सञ्चालन एमाले जिल्ला सचिव लालबहादुर थापाले गरेका थिए ।

काठेखोला गाउँपालिका वडा नं. ७, साविक रेश गाविसका पूर्व अध्यक्ष र जिल्ला विकास समिति बागलुङका सदस्य समेत भएर लामो समयसम्म जनप्रतिनिधिका रुपमा समाजसेवामा लागेका कार्की पछिल्लो समय रेश नुन्थला माविको व्यवस्थापन समितिको अध्यक्षका रुपमा कार्यरत थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *