मुक्तक : खेल्दा खेल्दै थकाई मेट्न बिसाएको सम्बन्ध !

हामी दुईको अलिअलि रिसाएको सम्बन्ध,
रिस सँगै थोरै हाँसो मिसाएको सम्बन्ध,
न हार, न जित एउटै खेलका प्रतिद्वन्दी,
खेल्दा खेल्दै थकाई मेट्न बिसाएको सम्बन्ध !

***
जब दुई परिवार सम्बन्धको अध्यापन हुनेछ,
शुभकामना पत्र भरी हाम्रो बिज्ञापन हुनेछ,
जुनदिन तिमी सिंदुर सँगै माईती घर बाट अन्मिने छौ,
त्यहि दिन तिम्रो कुमारीत्वको मापन हुनेछ !

***
यता आँशु उता खुसी मिलाएर गयौ,
सिंदुर पहिरी दुबो माला सिलाएर गयौ,
पटक पटक अमृत खुवाई बिश्वास जितेपछि,
अन्तिम घडी बिषादि पिलाएर गयौ !

मुक्तककार- राजेन्द्र ढकाल,
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *