Menu

यसरी प्रकाशित भयो, बागलुङमा अँग्रेजी भाषाको पहिलो पत्रिका KNOTS Fortnightly !

बागलुङ २०७४ माघ २३ । बागलुङ, तत्कालीन धौलागिरी अन्चलको सदरमुकाम बागलुङ बजारबाट २०५९ साल भदौ २ गते तदनुसार अगस्त १८, २००२ अर्थात १५ वर्ष पहिले अंग्रेजी भाषामा पहिलो KNOTS Fortnightly (नट्स पाक्षिक) पत्रिका प्रकाशनमा आएको हो ।

अमृत आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङबाट २०५६ सालको एसएलसी परीक्षामा सहभागी हुने ३३ जना विद्यार्थीहरुको रि-युनियन क्लबबाट अंग्रेजी भाषा माध्यमबाट पहिलो पत्रिका KNOTS Fortnightly प्रकाशित भएको हो ।

पत्रिकाको विमोचन गर्दै अमृत आदर्श अवासीय माध्यमिक विद्यालयका प्राचार्य महेशचन्द्र प्रधान ।
२०५६ सालमा एसएलसी परीक्षामा सम्मिलित ब्याचका तेत्तीस जना विद्यार्थीहरु, महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनीहरुको सामुहिक प्रयास र लगनशीलताबाट प्रकाशित KNOTS Fortnightly पत्रिकाको अमृत आदर्श आवासीय माबिका प्राचार्य महेशचन्द्र प्रधानले बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमका वीच २०५९ साल भदौ १६ गते KNOTS Fortnightly को दोश्रो अंकको विमोचन गरेका थिए ।

यस पाक्षिक पत्रिकाको प्रधान संपादकमा विबेक खड्का, संपादकहरुमा बिप्लव शर्मा र निल गिरी, कोष प्रवन्धकहरुमा प्रकाश सापकोटा र जोहन बज्राचार्य, विज्ञापनमा सुवास पन्त, प्रवन्धकमा दीपरत्न श्रेष्ठ रहेका थिए ।

सदस्यहरुमा सुरेश केसी, अमृत गुरुङ, नगेन्द्र जीसी, युवराज सापकोटा, भेषराज पौडेल, सुधिर श्रेष्ठ, अशोक शाक्य, रविन्द्र रिजाल, राजेन्द्र सापकोटा, माधव शर्मा, सुरजीत आचार्य, राजसिँह क्षेत्री, प्राज्ञ उपाध्याय, सतिस श्रेष्ठ, ईन्द्र रोका, सुजीन श्रेष्ठ, शारदा ओझा, सरस्वती गौतम, कृष्ण पुन, लक्ष्मी पुन, सोविता केसी, पूजा सिँह, बिपिला शाक्य, शर्मिला शाक्य, एलिना श्रेष्ठ र सपना शर्मा रहेका थिए ।

सल्लाहाकारमा प्रदीप शर्मा, टीएन शर्मा, महेशचन्द्र प्रधान, सुधीर श्रेष्ठ रहेका थिए ।

KNOTS Fortnightly का पछिल्ला अंकहरुमा प्रधान संपादकमा कृष्णराज शर्मा, कार्यकारी संपादकमा विवेक खड्का, कोष व्यवस्थापकमा जोहन बज्राचार्य, विज्ञापन तर्फ सुवास पन्त र कृष्ण कुमार सुवेदी घायल, प्रवन्धकमा दीपरत्न श्रेष्ठ र विप्लब शर्मा तथा सल्लाहकारमा बिदुर खड्का रहेको देखिन्छ ।

यसैगरी वेनी प्रतिनिधीमा राज केसी र कुस्मा प्रतिनिधीमा भेषराज पौडेल/निल गिरी र काठमाडौँ प्रतिनिधीमा रविन्द्र रिजाल रहेका थिए ।

पत्रिकामा खासगरी युवा जगतलाई केन्द्रित गरी ज्ञानमुलक लेख, समाचार,टिप्पणी प्रकाशित गरेको देखिन्छ । शिक्षा, कला, संस्कृति लगायतका विषयमा समसामयिक लेख, रचना अन्तर्वार्ताहरु पत्रिकामा प्रकाशित गरिएका छन् ।

यो पत्रिका तीन वर्ष सम्म नियमित प्रकाशित भएर हाल प्रकाशन वन्द भएको क्लबका सदस्य एवं पत्रिकाका प्रवन्धक बिप्लव शर्माको भनाई छ ।

समयान्तरले रि-युनियन क्लबमा संलग्न व्यक्तिहरु विभिन्न पेशा र व्यवसायमा लागे पछी पत्रिकाले निरन्तरता पाउन नसकेको क्लबका सदस्य सुवास पन्तले बताए ।

पत्रिकाका कार्यकारी संपादक विवेक खड्का अमेरिकामा रहेकाले उनी आएपछी यसको प्रकाशनका बारेमा थप सल्लाह गरिने पन्तले जानकारी दिए ।

बागलुङमा आएका गायक कलाकारहरुसंग KNOTS Fortnightly का लागि अन्तर्वार्ता लिँदै संपादक विबेक खड्का ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *