मजुवाफाँट चरौँदी ढलेपिपल जनहित मार्गको स्तर बृद्धि कार्य सुरु !

घनश्याम गौतम, गल्कोट २०७४ माघ २२ । गल्कोट नगरपालिका बडा नम्बर ६ को मजुवाफाँट देखी चरौँदी ढलेपिपल सम्मको बाटो स्तरोनन्ती कार्य सोमवार देखी सुरु भएको छ ।

गलकोट नगरपालिका बडा नम्बर ६ का अध्यक्ष नर बहादुर खत्रीको निर्देशनमा जेसिबिको प्रयोग गरि स्तरबृद्धि सूरु भएको हो । गलकोट नगरपालिकाबाट पारित भएको सडक मापदण्ड अनुसार उक्त जनहित मार्ग मोटरबाटोको स्तरबृद्धि गर्न लागिएको जनहित मार्ग मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तिल बहादुर बस्नेतले बताए ।

बस्नेतले उक्त मोटरबाटो गलकोट नगरपालिकाको सडक मापदण्ड अनुसार ग बर्गामा सुचिकृत भएकोले ८ मिटर चौडा बनाउने काम भैरहेको छ । साबिकको सडकलाई केन्द्र मानेर सडकको दायाँ र बायाँ बराबर जग्गालाई सडकमा समाबेस गरिएको उनले जानकारी दिए । सडकको स्तर उन्नती गर्ने कार्य आज मजुबाफाटँको सहिद गेट बाट सुरु भएको थियो । आज करिब ३ सय मिटर सडकको स्तरबृद्धि गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *