हुग्दिशिर स्वास्थ चौकीमा मातृ शिशु तथा बाल्यकालीन पोषण तालिम सम्पन्न

प्रकाश छन्त्याल, बागलुङ बरेङ २०७४ माघ २२ । बागलुङ जिल्लाको बरेङ गाउपालिका वडा नं २ हुग्दिशिरको हुग्दिशिर स्वास्थ चौकी बरेङमा आमा,बच्चा र बालबलिकाको पोषण स्थितीमा सुधार ल्याउने र महिला स्वास्थ स्वयं सेबिकाहरुको ज्ञान सिप र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आईतबार देखि शुरु भएको २ दिने मातृ शिशु तथा बाल्यकालीन पोषण तालीम सोमबार सम्पन्न भएको छ ।

युएस एआईडीको आर्थिक तथा सुहारा परियोजनाको प्राबिधिक सहयोग र जिल्ला जन स्वास्थ कार्यलय बागलुङको आयोजनामा हुग्दिशिर स्वास्थ चौकी अन्तरगतका १८ जना महिला स्वास्थ स्वयं सेबिकाहरुको सहभागिता रहेको तालिममा हुग्दिशिर स्वास्थ चौकी बरेङका निमित्त प्रमुख तिल बहादुर रानाले सहजिकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *