प्रदेश नम्वर ४ को पहिलो बैठक पोखरामा सम्पन्न

पोखरा, २०७४ माघ २२ । ४ नम्वर प्रदेश सभाको बैठक सोमबार पोखरामा सम्पन्न भएको छ । बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति बनाएको छ भने बैठकले सभामुख निर्वाचनको लागी फागुन ३ गते मिति तय गरेको छ ।

प्रदेश सभा ४ मा नेकपा एमाले, राजमो र माओवादी केन्द्रको गठबन्धनको बहुमत रहेको छ । यस प्रदेशको मुख्य मन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने सहमति बनेको छ ।

आजको पहिलो बैठकमा बोल्ने सदस्यहरुले प्रदेशलाई सम्वृद्ध वनाउने बताएका थिए ।

बामगठवन्धनबाट बागलुङ जिल्लाको क्षेत्र नं १ को क प्रदेश सभा सदस्यमा निर्वाचित राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले संघीयतालाई लिएर आफनो दलको बिमति रहेको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *