गुल्मीका १८ बर्षिय रानाको मृगौला फेल भएपछि उपचारको लागी आर्थिक समस्या

प्रकाश छन्त्याल, गुल्मी २०७४ माघ २२ । गुल्मीका १८ बर्षिय भुक्त बहादुर रानाको दुवै मृगौला फेल भएपछि यतिवेला उपचारको लागी आर्थीक समस्या भएको छ । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुर उपल्लो रेमी बस्ने देउ प्रसाद रानाका १८ बर्षिय छोरा भुक्त बहादुर रानाको दुवै मृगौलाले काम गर्न छोडेपछि अस्पतालले उनको मृगौलाको डायलाइसिस गर्नुपर्ने भने पछि आर्थिक समस्या भएको हो ।

आर्थिक अवस्था कमजोर भएको राना परिवारले छोराको उपचारको लागी आर्थिक सहयोग गर्नका लागी देश विदेशमा रहेका सबैमा अपिल गरेको छ ।

यतिवेला रानाको ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा उपचार भईरहेको छ । सरकारले डाइलेसिस र प्रत्यारोपणको लागी दिने आर्थिक सहयोग प्राप्त गर्नको लागी प्रकृया पु(याउनुपर्ने भएकाले अझै केही समय लाग्ने र सरकारले प्रदान गर्ने आर्थिक सहयोगले खर्च नपुग्ने हुनाले सहयोग गरी नयाँ जीवन दिन चाहनुहुनेले विरामीका दाजु भक्त बहादुर रानालाई ९८११५६२५९३ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सकिने परिवारले जनाएको छ । अस्पतालका अनुसार विरामीको घरमै बसी डाइलेसिसका लागी पनि मासिक ३० हजार देखी ३५ हजार सम्म लाग्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *