Menu

पोर्चुगलमा रहेका युवाव्दारा क्यान्सर पीडित माया केसीलाई आर्थिक सहयोग

भरत प्रसाद सापकोटा, बागलुङ २०७४ माघ २२ । बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका ६बिहुँ हटिया र बागलुङ जिल्लाका अन्य ठाउँबाट पोर्चुगललाई कर्मथलो बनाएका युवाहरुले खगराज कडेंलको नेतृत्वमा संकलन गरिएको रकम रु ४७ हजार सोमवार एक समारोहका वीचउनका श्रीमान दिपक केसीलाई हस्तान्तरण गरिएको छ । स्थन क्यान्सरले ग्रसित भएकी मायाँ केसीको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । क्यान्सरको अप्रेसन गर्न निक्नै लामो समय कुर्नु पर्ने भएकाले उपचार ख़र्च अझै कति लाग्ने हो भन्ने समेत एकिन नभएको उनका परिवारले बताएका छन् ।

उनको उपचारमा हालसम्म रु ६लाख जति खर्च लागिसकेको बताउदै आफ्नी श्रीमतीको ज्यान बचाउन सबैलाई आग्रह गरेका छन् ।

विदेश गएर रगतलाई पसिनामा बदल्दै कमाएको पैसा मध्ये थोरै भएपनि आफ्नो समाजमा अफ्ठेरो र पीडामा परेका ब्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले सहयोग रकम संकलन गरेको खगराज कडेंल बताए । सो समरोहमा वडा न ६वडा सदस्य मनोहर कडेंलको संयोजक्तव आयोजना गरिएको कार्यक्रममा स्थानिय समाजसेवीहरु टिकाराम कडेंल प्रेम प्रसाद कडेल नारायण प्रसाद कडेंल राजु नविन प्रसाद कडेलले बोल्दै उनको आर्थिक अवस्था निक्कै कमज़ोर रहेकाले सबैले सहयोग गरि उनको ज्यान बचाउन सबैलाई आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *