Menu

त्रिभुवन माविका लागि हालसम्म करिव डेढ करोड चन्दा संकलन

कौरव खत्री, गुल्मी २०७४ माघ २२ । गुल्मीको एक माध्यमिक विद्यालयले सञ्चालन गरेको चन्दा संकलन मार्फत झण्डै डेढ करोड नजिक आर्थिक रकम जुटेको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई आर्थिक संकलन अभियान मार्फत रु १ करोड,३६ लाख,७४हजार,९४ रुपैया बरावरको सहयोग रकम प्राप्त भएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

‘गुणस्तरीय प्राबिधिक शिक्षा, नमुना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित विद्यालयले आगामी फाल्गुन ३ देखि ७ गतेसम्म विद्यालयले भव्य रुपमा स्वर्ण महोत्सव मनाउने विद्यालय श्रोतले जनाएको छ ।

महोत्सवलाई लक्षित गरेर विद्यालयले आर्थिक संकलन अभियानसँगै प्रचार प्रसारलाई समेत तिव्रता दिएको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिए ।।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *