बडीगाड ७ डाँडागाउँमा टायाक्टर दुर्घटना, घाइते चालक पाल्पा रिफर !

बिमल खड्का, बागलुङ २०७४ माघ २१ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा न ७ डाँडागाँउमा साझ५ बजे ट्याक्टर दुर्घटना भएको छ । लु २ च ५६१७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बडीगाड गाउँपालिका वडा न ७ गैरागाउ बर्ष २५ बर्षका नरेश थापा मगर घाइते भएका छन ।

घाइते थापालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि पाल्पा पठाएको छ । घाइते थापाको खुट्टामा गम्भीर चोट लागेकाले रिफर गर्ने परेको अस्पताल श्रोतले जनाएको छ ट्याक्टरबाट बालुवा खनाउदा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन भने अरु मानवीय क्षेत्री नभएको बताएको छ ।
अस्तीमात्र बडीगाड गाउपालिका न्वारामा जीप दुर्घटना हुँदा चालक घाइते भएकाले थप उपचारकालागि बागलुङ रिफर गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *