पत्रकार प्रेम सुनारको सनसनीपूर्ण खुलासा !
फेसबुकमा बसेको प्रेम-जाल नै बन्यो २२ वर्षिया युवती कमला शर्माको काल !

प्रेम सुनार, गुल्मी/बागलुङ/पर्वत २०७४ माघ २१ । बागलुङकी २२ वर्षिया कमला शर्मा कक्षा १२ को अग्रेजी विषय लागेको परिक्षा दिने तयारीमा थिईन । आकर्षक ज्यूडाल, सौन्दर्यकी खानी थिईन् । उनको त्यही सौन्दर्यमा आँखा प-यो पर्वतका २३ वर्षिय विक्रम भनेर चिनिने प्रदिप पराजुलीको । अन्ततः आज भोलि फर्सी धाउँदै र फेसवुकबाट सुन्दर भविष्यका सपना देखाउँदै माया प्रेमको जालमा फसाउन सफल भए पराजुली ।

नाम नवताउने सर्तमा उनका साथीहरुका अनुसार उनिहरु विच लामो समय देखि प्रेम सम्वन्ध चल्दै थियो । विवाहको प्रलोभनमा कमलाले प्रेमी पराजुलीलाई जवानी पनि सुम्पिदै आएकी थिईन् । शर्माले गर्भधारण गरिन् । दिन प्रतिदिन पेटमा बढ्दै गएको शिशु के जन्मिएला रु कस्तो जन्मिएला रु यस्तै यस्तै मिठा सपनाहरु देख्दै आई रहेकी शर्माले त्यो सपना र आफैमा मात्र सीमित खुशी प्रेमी पराजुली संग साट्न चाहिन् । त्यो खुशी साट्नको केहि छिन नवित्दै मुटुको टुक्रा ठानिएको प्रेमीले गला रेटेर मा¥यो र कालिगण्डकी नदीमा फालि दियो ।

केहि दिन अघि गुल्मीको खड्गकोट पुछारमा कालिगण्डकी नदी किनारमा मृत फेला परेकी युवतीको घटना उठान गर्दै छौं हामी । त्यति वेला वेवरिसे रहेको उनको शव गुल्मी जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । यहाँको प्रहरीले बागलुङकी युवती भएको पत्तो लगायो र बागलुङ जिल्ला प्रहरी कार्यालयमा खवर ग¥यो । उक्त शव बागलुङ जैमुनी नगरपालिका वडा नम्वर ८ की कमला शर्माको भएको खुल्यो । उता मृतक कमलाका परिवारले बागलुङ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो । कमलाका दाजु रामप्रसाद शर्माका अनुसार माघ ५ गते विहान पौने नौ बजेको समयमा घरमा वुवा आमा संग मलाई सामान्य पेट दुख्यो औषधी खान जान्छु भनेर घरबाट हिडेकी थिईन् । ढावा भन्ने स्थानमा रहेको हरि ढकाल भन्ने व्यक्तिको औषधी पसलमा उनि पुगेकी थिईन् । त्यहाँबाट उनि हिडे पछि साँझ ६ वजे सम्म पर्वतको विहादी गाउँपालिका वडा नम्वर २ को विक्रम भनेर चिनिने २३ वषिय पदिप पराजुली संग कमला संगै बसेको देख्नेहरु भेटिए । त्यसको आधारमा बागलुङ जिल्ला प्रहरीले हत्यारा पत्ता लगाएको हो ।

पर्वत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ दिलिप घिमिरे संग सम्पर्क राख्दा निजले हत्या गरेर फालेको स्वीकार गरेको रआज अदालतमा म्याद थप गर्न लागिएको बताए । प्रनाउ घिमिरेका अनुसार निजले यस्तो वयान दिएका छन्– ‘उ संग मेरो प्रेम सम्वन्ध थियो । माघ ५ गते साँझ ६ वजे तिर पर्वत र गुल्मी जोड्ने वउर पुल पारीको खेतमा हाम्रो भेट भयैँ ।

उताबाट पार गरेर पारी खेतमा गएर बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनेर भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ । उनले मान्दै मानिनन् । त्यस पछि हाम्रो बेस्सरी झगडा भयो । मेरो पालो म फँस्ने भएँ, विवाह गर्न पर्ने भयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सके पछि लतार्दै त्यही पुलमा लगे तल खोलामा फालि दिएको हुँ । ’

यति वेला मृतक कमलाका माता पिता छोरीको किरियाक्रममा रहेका छन् । पुत्रीशोकमा परेको उनिहरु वोल्न सक्ने अवस्थामा छैनन् ।

उनका दाजुले भने –’बागलुङ जिल्ला प्रहरी कार्यालयमा सुरुमा अभियुक्तले ढाट्ने भरपुर प्रयास गरेको थियो । मेडिकलवालाले पनि सुरुमा ढाट्ने प्रयास गरेको मृतकका दाजु रामप्रसाद बताउँ छन् । त्यस्ता अपराधीलाइ कुनै राजनैतिक दलका आवरणमा बचाउने ठुलो चलखेल हुन लागेको भए त्यसलाई सञ्चारकर्मीहरुले पनि निगरानी गर्न आग्रह गर्दुछु र कडा भन्दा कडा कार्वाहीको माग गर्दछु ।’

कति पापी, कुकर्मी र विश्वासघाती हुँदै आएका छन् पुरुषहरु । जवानी संग खेल्नका लागि अनेकन मिठा सपना देखाउने र प्राप्ती पछि ज्यानै लिने यस्ता घटना प्रति महिलाहरु सचेत हुन जरुरी छ तर कतिपयले जवानीको जोसमा होस नपुराएर यस्ता घटनाहरु दोहरिदै गएका छन् । आगामी दिनमा सजग हुने कि रु विवाह सम्म जवानीको जोसलाई नियन्त्रण गरे यस्ता घटनाको शिकार बनिने छैन होला कि ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *