Menu

जीवन केसीले के के बिक्री गर्छन त जापानमा ?

जाली सहर हो यो, लाजहरु बिक्री हुन्छन
हरेक जसो गोधुलि, साझहरु बिक्री हुन्छन|

कस्को बिश्वास गर्नु यहा निर्मोही यो दुनिया
आफन्तकै वरीपरी धोके वाजहरु बिक्री हुन्छन|

मरुभूमि ऊजाड जीवन खुसी भेट्ने चाहनामा
आत्मिय सुन्दरताका राजहरु बिक्री हुन्छन|

कति आफ्ना पराई वने कठिन यो यात्रामा
भूलभूलैया मै बिजयीका ताजहरु बिक्री हुन्छन।

कालो बादल भित्र भित्रै निस्सासिदै आकासमा ,
मनका सपना बोकी उड्ने जहाजहरु बिक्री हुन्छन ।

-जीवन के सी
जापान लेखक:- जीवन के सी जापान

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *