अफिर्सस क्लव र रोट्रयाक्ट क्लव को अध्यक्षमा क्रमश: तिवारी र थापा चयन

बागलुङ २०७४ माघ २१ । अफिर्सस क्लव बागलुङको शनिबार सम्पन्न अधिवेशनले जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपक तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख नारायण न्यौपाने, सचिवमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सरिता गौतम, सहसचिवमा विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख कपिल पाण्डे र कोषाध्यक्षमा कर कार्यालयका प्रमुख सूर्य चापागाई रहेका छन् ।

यसैवीच रोट्रयाक्ट क्लव अफ बागलुङको दोस्रो बार्षिक साधारणसभाले बर्ष २०१८– २०१९ को अध्यक्षमा बलबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ भने सुमित शाहिलाई बर्ष २०१९– २०२० का लागि आगामि अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *