युवा संघको वनभोजमा कार्यकर्तालाई उत्साहित भएर लाग्न पाईजाको निर्देशन

कमल पौडेल, खर्वाङ २०७४ माघ २१ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल बडीगाड १ दगातुन्डाडाको आयोजनामा शनिवार वनभोज कार्यक्रम देउराली डाँडामा सम्पन्न भएको छ।

कार्यक्रममा सम्बोधन गर्दै बडप्गाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले कार्यकर्ताहरुलाई इमान्दारीता पुर्वक काम गर्न निर्देशन दिएकाछन् । नेकपा एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका पाइजाले प्राविधिक कारण निर्वाचनमा वडा नं. १ मा पराजय व्यहोर्नु परेको भन्दै कार्यकर्ता उत्साहपूर्वक लाग्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडीगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन वडिगाड गाउँपालिकाका अध्यक्ष वेद प्रसाद पोखरेल लगाएतले वोलेका थिए ।

कार्यक्रम अध्यक्ष रमेश वुढाथोकीको अध्यक्षता तथा अनेरास्ववियू जिल्ला कमिटि उपाध्यक्ष दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *