बडीगाड-२ न्वारामा जिप दुर्घटना, घाइते चालक उपचारका लागि बागलुङ रिफर !

बिमल खड्का, बुर्तिबाङ २०७४ माघ २० । बागलुङ बडीगाड गाउँपालिका वडा न २ न्वारामा साझ जिप दुर्घटना भएकाे छ । बडीगाड गाउपालिका खर्वाङ देखी बुर्तिबाङ तिर अाउदै गरेकाे ना १ ज १३०९ नम्बरकाे जिप न्वारा नजिकै दुर्घटनामा भएको हो ।

दुर्घटनामा चालक बडिगाड गाउँपालिका वडा न ७ का बर्ष ३४ का कपिल केसी घाइते भएकाे ईलाका प्रहरी कार्यालय खारले जनाएको छ ।

घाइतेलाई थप उपचारका लागि बागलुङ रिफर गरिएकाे प्रहरीले जनाएको छ । जिपमा अन्य यात्रु नभई चालक मात्र रहेकाे; बताईएकाे छ । दुर्घटना के कारण भयाे भन्ने प्रहरीको अनुसन्धान पछि खुल्ने बताएकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *