सृजनशील नारी समाज बागलुङको अधिवेशन सम्पन्न : नयाँ कार्यसमिति अध्यक्षमा नेपाली

कोपिला कंडेल, बागलुङ २०७४ माघ २० । सृजनशील नारी समाज बागलुङको सातौ साधारण सभा तथा अधिवेशन आज एक समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका संस्थापक संरक्षक काजी रोशनले महिलाहरुलाई एकताबद्ध गर्नका लागि सृजनशील नारी समाजले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले समाजमा महिलाहरु एक भएर सृजनशील कार्य गर्न एबं महिला सशक्तिकरणका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार एबं प्राध्यापक प्रमिला राजभण्डारी, बागलुङ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष लक्ष्मी बास्कोटा, सहयोगी हात कास्कीका अध्यक्ष भगवती पौडेल, सचिव साधना पौडेल, नेवा मिसा खल अध्यक्ष शशी शाक्य, साही सेवा समितिका अध्यक्ष मनमायां श्रेष्ठ, महिला हित सहकारी संस्थाका अध्यक्ष लिला खड्का, संरक्षक खड्ग कुमारी खड्का लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा संस्थाका कोषाध्यक्ष रेमा राजभण्डारीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सृजनसिल नारी समाज बागलुङ्गले समाजसेवामा क्रियासिल २ जना महिलाहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेमा बागलुङ वडा नम्वर ३ का अध्यक्ष एबं अधिवक्ता लक्ष्मी बास्कोटा र हातेमालो समाज कास्कीका अध्यक्ष भगवती पौडेल रहेका छन ।

बास्कोटा र पौडेललाई संस्थाका अध्यक्ष रुद्रा केसी र संस्थापक संरक्षक काजी रोशनले प्रशंसा पत्र सहित खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

अधिवेशनले रञ्जना नेपालीको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । समितको उपाध्यक्षमा गिताञ्जली श्रेष्ठ, सचिव सम्झना श्रेष्ठ, सहसचिव रोशनी साक्य,कोषाध्यक्ष रेमा राजभण्डारी रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुको सोमाना शाक्य, मेनका शाक्य, फुलमायां राजभण्डारी, प्रमिला राजभण्डारी, रचना शर्मा, भुनु राजभण्डारी रुद्र कुमारी रोका क्षेत्री रहेका छन् ।

समितिका सल्लाहकारमा लक्ष्मी शाक्य, बिष्णु देबी राजभण्डारी, कल्पना श्रेष्ठ रहेका छन् ।

कार्यक्रम सृजनसिल नारी समाज बागलुङ्गका अध्यक्ष रुद्रा केसीको अध्यक्षता, उपाध्यक्ष रञ्जना नेपालीको स्वागत मन्तब्य र सचिव संझना राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *