Menu

भारतीय दुतवासबाट पाएको एम्वुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण

कौरव खत्री, गुल्मी २०७४माघ २० । गुल्मीका भूतपूर्व सैनिक संगठन बडागाँउ मुसिकोट गुल्मीलाई भारतीय दुतवासले दिएको एम्वुलेन्स संगठनव्दारा बडागाँउ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

भारतीय दुतवासले आफ्नो हरेक बर्ष स्वतन्त्रता दिवसको अवसरमा उक्त मुसिकोट नगरपालिका अन्तर्गत साविकको मुसिकोट र बडागाँउ गाविसका भूतपूर्व सैनिक संगठनलाई दुतवासले एम्वुलेन्स प्रदान गरेको मुसिकोट नगरपालिकाका भूतपूर्व सैनिक संगठनका अध्यक्ष सुवेदार मेजर शंकर रायमाझीले जानकारी दिए ।

दुतवासले भूतपूर्व सैनिक संगठनका लागि दिएको एम्वुलेन्स विहिवार संगठन मार्फत नगरपालिका मेयर सोमनाथ सापकोटाद्धारा बडागाँउ स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका थिए ।

दुतवासले मुसिकोट नगरपालिका भूतपूर्व सैनिक संगठनका अध्यक्ष एवं मुनपा ३ का वडा सदस्य सुवेदार मेजर शंकर रायमाझीको सक्रियतामा आएको एम्वुलेन्स स्वास्थ्य उपचार सेवामा गाँउ गाँउमा पुगेर विरामीहरुलाई सेवा पु¥याउन थालेपछि नगरपालिका भित्रका वडा नं. १ देखि ५ नं. वडाहरु लगायत यस आसपास क्षेत्र र ग्रामिण इलाकाका जनताहरुलाई स्वास्थ्य उपचारमा थप सहजता भएको बडागाँउ स्वास्थ्य चौकीका प्रमुख मनोज श्रेष्ठले बताए ।
आफ्नै घर नजिकबाट एम्वुलेन्स सञ्चालन हुदा स्थानीयबासिन्दाहरु भने हर्षित भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *