एकै दिनमा कुस्मा र फलेवास नगरपालिका-७ मा उस्तै दुई बृद्ध महिला भेटिए पछी … !

निर्मल पौडेल, पर्वत २०७४ माघ १९ । पर्वतको कुश्मा नगरपालिका ७ दुर्लुङ्गमा वेवारिसे अवस्थामा एक वृद्धा भेटिएर वृद्धाको खोजीकार्य गरिदन जिल्ला प्रहरीलाई स्थानियले अनुरोध गरैकै दिन फलेवास नगरपालिकामा ७ मा पनि एक त्यस्तै एक वृद्धा फेला परेकी छिन् ।

आफनो परिचय दिन नसक्ने अन्दाजी ६५ वर्षीय ती वृद्धा करिव ५ दिन देखी साविकको लिमिठाना वार्ड नं १ मा रोडमा वस्तै आएकी स्थानिय सिर्जना तिमिल्सनाले वताईन् । वृद्धालाई तिमिल्सिनाले ४ दिन देखि खाना खाना दिएपनि घरमा वस्न र सुत्न नमानी नजिकको वाटोमा नै गएर सुत्ने गरेको पनि उनले जानकारी दिईन् ।

तिमिल्सनाले बृद्धाको आफन्तको खोजी गरिदिन उनले स्थानीय सञ्चारकर्मीहरुलाई अनुरोध गरेको लिमिठाना माईत भई कुश्मा राममन्दिर घर भएकी तिमल्सनाकी छोरी विनिता अधिकारीले बताईन् ।

यता अन्दाजी ८० वर्षिया बृद्धा माघ १५ गतेका दिन दुर्लुङमा भेटिएकी छन् । आफ्नो परिचय स्पष्ट दिन नसक्ने उनी ४ दिनदेखि दुर्लुङका स्थानीयबासीको संरक्षणमा बस्दै आएकी छिन् । देख्दा सफा सुग्घर र हिडडुल गर्न सक्ने तर आफ्नो परिचय दिन नसक्ने भएकाले पहिचान गराउन अप्ठ्यारो भएको स्थानीय गोलमान गुरुङले बताए । गुरुङले बृद्धाको आफन्तको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको बताए । उनले स्थानीय सञ्चारकर्मीहरुलाई समेत बृद्धाको आफन्त खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *