मोती पुस्तकालयमा १ दिने महिला सशक्तीककरण कार्याशाला तालिम सम्पन्न

निर्मल पौडेल पर्वत २०७४ माघ १९ । फलेवास नगरपालिका ५ खानिगाउँ स्थित मोति सामुदायिक पुस्तकालयमा १ दिने सहकारी सचेतना कार्याशाला तालिम विहिवार सम्पन्न भएको छ ।

खानिगाउँ युवा महिला सशक्तिकरण परियोजना अन्तर्गत युवा महिलाहरुका लागी तालिमको आयोजना गरिएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग र इन्प्रेड नेपालको आयोजनामा फलेवासका करिव २५ जना युवा महिलाहरुलाई तालिम दिइएको हो ।

कार्यशाालामा महिलाहरुलाई सहकारीको अर्थ ,अबधारणा , ग्रामिण भेगमा सहकारीको महत्व र आवश्यकता , त्यस्तै स्रोतको पहिचान, परिचालन तथा ब्याबस्थापनका लागि मार्गदर्शन, बचतको महत्व तथा प्रभावकारिता बारे प्रशिक्षण दिइएको हो । इन्प्रेड नेपाल पर्वतका सचिव राजेन्द्र पौडेलले सहजिकरण गर्नु भएको तालिममा फलेवास नगरपालिकाका खानिगाउँ, लिमिठाना ,देविस्थानका युवा महिलाहरुको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *