बुद्ध मावि भिङखालको ५२औ बार्षिकोत्सव सम्पन्न !

दिनेश शर्मा, बागलुङ २०७४ माघ १९ । बडिगाड गाउपालिका वडा न ६ खालमा रहेको बुद्ध माबिले बिबिध कार्यक्रमका साथ ५२ औ बार्षिकात्सेब तथा अभिभावक दिवस मनाएको छ।

कार्यक्रम माघ १८ गते बाट बिद्यालयमा आन्तरिक प्रतियोगितात्मक कार्यक्रमका साथ सुरु गरिएता पनि १९ गते एक औपचारिक कार्यक्रमका बिच कार्यक्रम उद्घाटन गरिएको छ। बडीगाड गाउपालिका अध्यक्ष मेहरसिङ पाइजाको प्रमुख आतिथ्यता र बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विशिस्ट अतिथीको रुपमा गाउपालिका शिक्षा तथा सामाजिक शाखा प्रमुख खडक पुन गाउपालिका प्रशासकीय अधिकृत अर्जुन शर्मा शिक्षक महासङ्घ बागलुङका सचिवालय सदस्य कृष्ण भट्टराई भिमगिठे माबी श्रोत् केन्द्रका श्रोत ब्यक्ती चिरञ्जीवी पौडेल वडा न ६ का वडा अध्यक्ष मौसमकाजी क्षत्री ७ का वडाअध्यक्ष कृष्ण गुरुङ लगाएतको आतिथ्यता रहेको कार्यक्रममा विभिन्न बिद्यालयका प्र अ तथा प्रतिनिधी चन्दादाता शिक्षा प्रेमी पत्रकार अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पाइजाले पानसमा बत्ती बालेर र ब्यानर अनाबरण गरेर गरेका थिए ।

उक्त अबसरमा प्रमुख अतिथी पाइजालाइ दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। कार्यक्रममा बिद्यालयका प्रअ कमल बहादुर अधिकारीले बिधालयको आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम शिक्षक महानन्द घिमिरे को स्वागत मन्तब्य तथा शिक्षक दिपक गिरि को सन्चालन मा आजै सम्पन्न हुने कार्यक्रम छ उक्त अवसर मा आयोजना गरिएको अन्तर बिधालय स्तरिय मा बि तहको हाजिरी जवाफ प्रतियोगितामा ८ बिधालयको सहभागिता रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *