पत्रकार सम्मेलन गरेर पर्दाफास गरम्ला…

बोली सुनेर मान्छे चिन्न मिल्ने भए,
पाइला राखेर काँडामा हिन्न मिल्ने भए,
मैलेपनि लाखौं खुसी किन्थें होला प्रिय,
आँशु बेचेर खुसी किन्न मिल्ने भए ।
***
पितलमा अलिकति हिरा मिसिएको थियो,
धनियामा अलिकति जिरा मिसिएको थियो,
तातो तातो सुप जब तिमि पिलाउँदै थियौ,
मायामा अलिकति मदिरा मिसिएको थियो ।
***
एक अर्कालाई अंगाल्ने आस गरम्ला,
कुरो मिले सहमतीमा खास गरम्ला,
एक कान दो कान सबैले थाहा पाए भने,
पत्रकार सम्मेलन गरेर पर्दाफास गरम्ला ।

राजेन्द्र ढकाल
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *