बोईलर, कोईलर र गिरिराज जातका विकासी कुखुराले लोकल कुखुरा हराउदै …

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ १९ । गल्कोट सडक सञ्जालले जोडिएसँगै स्थानीय जातका कुखुरा लोप हुन थालेका छन्। कोईलर, बोईलर र गिरिराज कुखुराबाट राम्रो आम्दानी हुन थालेपछि गल्कोट क्षेत्रमा स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । सुगम ठाउँमा मात्रै होइन, दुर्गम ग्रामीण क्षेत्रमासमेत बोइलर, कोईलर र गिरिराज कुखुराको चल्ला ल्याएर पाल्न थालेपछि स्थानीय जातका कुखुरा देखिन छोडका हुन् ।

स्थानीय जातका कुखुरा महँगो पर्नुकासाथै हुर्कनका लागि समय लाग्ने भएकाले बोइलर कोईलर कुखुरा पालनप्रति किसानको आकर्षण बढेको छ । छिटो हुर्कने र सस्तो हुने भएकाले नयाँ जातका कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमि आएको कृषक गुमानसिह खत्रीले बताए । स्थानीय जात भन्दा बोइलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमा पर्ने भएकाले स्थानीय जात हराउन थालेको खत्रीको भनाई छ ।

स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भएपनि उत्पादन हुन धेरै समय लाग्ने गल्कोट नगरपालिका १ का कृषक सम्मर खत्रीको भनाई छ । पछिल्ला बर्षहरुमा गलकोट क्षेत्रमा सस्तो मुल्यमा नेपालगञ्ज, सुर्खेत लगायतबाट बोइलर, कोईलर, गिरीराज कुखुरा आउन थालेपछी गल्कोटबासी बिकासे कुखुरा प्रति आर्किर्षत भएका छन् ।

बिकासे कुखुरा भन्दा लोकल कुखुरा महगो पर्ने भएकोले पनि स्थानियहरु बिकासे कुखुरा प्रति आर्क्षित भएको पाईएको छ । अहिले गलकोट नगरपालिका भित्रका प्रत्येक गाउँ गाउँमा विभिन्न जातका विकासे प्रजातिका कुखुराको प्रचलन बढ्दै गएको र स्थानीय कुखुरा गाउँमा मुस्किलले पाईने गरेका स्थानीयको भनाई रहको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *