छिस्तीकी २२ वर्षिया महिलाको हत्या गरी गुल्मी कालीमा फाल्ने पर्वतका पराजुली पक्राउ !

प्रकाश छन्त्याल, बागलुङ (बरेङ) २०७४ माघ १८ । गत माघ ५ गतेदेखी सम्पर्कविहीन बनेकी बागलुङ जिल्ला जैमिनी नगरपालिका ८ छिस्तीकी २२ बर्षिया कमला शर्माको शव माघ १७ गते बुधबार बिहान ९ बजे गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ घुमाउनीघाटको गौंदीखोलामा फेला परेको छ ।

मृतकका बाबु भूमिराज शर्माले छोरी कमला शर्मा सम्पर्कविहीन भएकोले खोजीकार्यका लागि छिस्ती प्रहरी चौकीमा उजुरी दर्ता गराए पछि ईलाका प्रहरी कार्यलय बरेङडाँडाले खोजी कार्य सुरु गरेको थियो । ईलाका प्रहरी कार्यालय बरेङडाँडा, गुल्मीको पुर्तिघाट प्रहरी चौकी र मृतकका आफन्तहरुको संयुक्त खोजीकार्यमा मृतक शर्माको शव हिँजो विहान उल्लेखित स्थानमा फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न पर्वत जिल्ला बिहादी गाउपालिका वडा नं २ बस्ने लिलाराम पराजुलीको कान्छो छोरा बिक्रम भन्ने प्रदिप पराजुलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निज प्रदिप पराजुलीले गुल्मीको कालीगण्डकी गाउपालिका वडा नं ६ साबिकको खड्गकोट गाबिस देउते बगर बरल्बा मुनि रहेको गुल्मी पर्वत जोड्ने झोलुङगे पुल देखी गुल्मी एरियाबाट घाँटीमा गुलाबी रङको चुङ्गीले कसी कर्तब्य गरि मारी कालीगण्डकीमा फालेको कबुल गरेको प्रहरीले जानकारी दिएको छ ।

कार्य क्षेत्र र घट्ना स्थल गुल्मी जिल्ला, शव फेला परेको स्थान पनि गुल्मी जिल्ला भएकोले जिल्ला प्रहरी कार्यलय गुल्मीबाट अनुसन्धानका लागि प्रहरी टोली खटि आई प्रारम्भिक अनुसन्धान कार्य सम्पादन गरि मृतकको घर बागलुङ भएको, हकदार आफन्तहरु पनि बागलुङ भएकोले मृतकलाई पोस्ट मार्टमको लागी बुधबार राति नै धौलागिरी अन्चल अस्पताल बागलुङ पठाईएको र अभियुक्त पराजुली माथि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय बरेङडाँडाका ईन्चार्ज प्रहरी नायब निरीक्षक दान बहादुर केसीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *