Menu

सतिढुङ्गा मा वि जैदीको ४३ औँ वार्षिकोत्सव विविध कार्याकमका साथ सम्पन्न !

निर्मल पौडेल, बागलुङ २०७४ माघ १७ । सतिढुङ्गा माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रममा स्रोत केन्द्र स्तरीय लोकनृत्य प्रतियोगिता सदनात्मक भलिवल प्रतियोगिता, नगरपालिका स्तरीय माध्यमिक विधालयस्तरीय हाँजिरजवाफ प्रतियोगीता सँगै विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

लोकनृत्य प्रतियोगीतामा सतिढुङ्गा मावि प्रथम ,सँस्कृत मावि वेलवगर द्धितीय, सतिढुङ्गा मावि तृतीय र सतिढुङ्गा मावि नै सान्त्वना भएका छन् ।
हाँजिरजवाफ प्रतियोगीतामा सहभागी ११ विद्यालय मध्य पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालय जैमुनी १ प्रथम, सर्वोदय जनक मावि जैमुनी ५ विनामारे व्दितीय ,सतिढुङ्गा मावि जैमुनी ७ जैदी तृतीय र संस्कृत मा.वि.जैमुनी ७ वेलवगर सान्त्वना भएका छन् ।

त्यस्तै स्कुल स्तरीय सदनात्मक भलिवल प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रथम व्दितीय तृतीय र सान्त्वना हुनेहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक हरि प्रसाद पौडेलले शैक्षिक सत्र २०७३, ०७४ को करिव ७२ लाख ७५ हजार वरावरको शैक्षिक आर्थिक तथा भौतिक प्रगती प्रतिवेदन पेश गरेका थिए साथै प्रतिवेदन पेश गदै ११ लाख रुपैयाँको विद्यालयमा भौतिक संरचना निर्माणमा खर्च गरिएको र करिव ६१ लाख ७५ हजार वरावर शिक्षकहरुको तलव र अन्य मसलन्दमा खर्च गरीएको वताए ।

वार्षिकोत्सव समाहरोहको उद्घाटन कार्यक्रमा वोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका प्रदेश साभा सदस्य चन्द्र वहादुर वुढा सागरले मुलुकमा अव वाम गठवन्धनको सरकार छिट्टै गठन हुने भएकोले अव वन्ने सरकारले शिक्षा क्षेत्रलाई प्राथामिकतामा राख्ने वताए ।

त्यस्तै आँफूले चुनावको वेला गरेका प्रतिवद्धता पुरा गर्ने भन्दै विद्यालयको शैक्षिक विकासका लागि आँफुले पहल गर्ने प्रतिवद्धता जाहेर गरे । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिती वागलुङका संयोजक राजेन्द्र ढुङ्गाना, जैमुनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल उपमेयर लिला राना विशिष्ट अतिथी जैमुनी नगरपालिकाका शिक्षा अधिकृत खेम प्रसाद आचार्य अर्पण राज गिरी शोभा गुरुङ लगायतले वोलेका थिए ।

त्यस्तै समापन कार्यक्रममा प्रमुख अतिथी राजमो प्रदेश नं ४ का प्रदेश सभासदस्य कृष्ण थापा विशिष्ट अतिथी समानुपातिमा नेकपा एमालेका तर्फवाट समानुपातिक प्रदेश सभा सदस्य सावित्री राना स्रोतकेन्द्र वेलवगरका स्रोत व्याक्ति प्रेम प्रसाद शर्मा लगाएतले मन्तव्य राखेका थिए । वक्ताहरुले विद्यालयको शैक्षिक र भौतिक स्तिथी सुधार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक विष्णु खत्री लगायत अन्य थुप्रै कलाकारहरुको दम्दार प्रस्तुती रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद उपाध्यायको अध्यक्षता,जैमुनी ७ जैदिका वडा अध्यक्ष जित वहादुर रानाको विशेष मन्तव्य र शिक्षक दिपक चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *