चन्दा बोल कार्यक्रमबाटै त्रिभुवन माविलाई सवा करोड आर्थिक सहयोग

कौरव खत्री, गुल्मी २०७४ माघ ८ । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयको लागि चन्दा बोल कार्यक्रमबाट सवाँ करोड भन्दा बढिको आर्थिक रकम संकलन भएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदी स्थित त्रिभुवन माध्यमिक विद्यालयको लागि चन्दा संकलन अभियानबाट हालसम्म रु १ करोड,२० लाख बराबरको आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

विद्यालयले‘गुणस्तरीय प्राबिधिक शिक्षा, नमुना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारा सहित आँउदो फाल्गुन ३ देखि ७ गतेसम्म विद्यालयले बृहत रुपमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ ।

स्वर्ण महोत्सवलाई लक्षित गदै विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसारलाई समेत तिव्रताका साथ अगाडी बढिरहेको विदालयका शिक्षक रायमाझीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *