बागलुङमा मेयर कप फुटबल प्रतियोगिता जारी

बागलुङ, २०७४ माघ १८ । बागलुङमा पहिलो पटक आयोजित प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको एक खेल भकुण्डे मैदानमा सम्पन्न भएको छ ।

बुधबार भएको खेलमा गल्कोट नगरपालिका बागलुङलाई १–३ गोल अन्तरले पराजीत गर्दै कुश्मा नगरपालिका क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत आज बाङ्गेचौर खेलमैदानमा ३ खेल हुनेछन् । समुह चरण अन्तरगतको खेलमा पहिलो खेल बेनी नगरपालिका म्याग्दी बिरुद्ध गैडाकोट नगरपालिका नवलपरासी, दोस्रो खेल देवचुली नगरपालिका नवलपुर विरुद्ध गोरखा नगरपालिका गोरखा र पहिलो क्वाटरफाईन तेस्रो खेल बागलुङ नगरपालिका बागलुङ बिरुद्ध व्यास नगरपालिका तनहुँ बिच हुने आयोजकले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *