साताको तस्वीर : शहीदको सम्मानमा फुटबल !

शव्द/चित्र : किरण आचार्य, बागलुङ २०७४ माघ १६ । ‘युवा विकासको आधार खेलकुद पर्यटन र रोजगार’ भन्ने मुल नारा साथ बागलुङमा प्रथममेयर कप फुटबल सुरु भएको छ । बागलुङ नगरपालिका १ बाङगेचौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको प्रदेश न.४ का सांसदहरुले संयुक्त रुपमा उदघाटन गरेका थ्एि । शहीद दिवसको अवसरमा शहीदको सम्मान स्वरुप मेयर कप आयोजना गरिएको आयोजकले बताएका छन् ।

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला खेलकुद समितिको संयोजनमा सदरमुकाममा पहिलोपटक मेयर कप फुटबल आयोजना गरिएको हो । मेयर कप फुटबल प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ वटा नगरपालिकाका टिमले सहभागीता जनाएका छन । प्रथम मेयर कप प्रतियोगिता बागलुङ नगरपालिकाको भकुण्डे खेल मैदानमा एक खेल गरिने बताईएको छ ।

मेयर कपको उदघाटन खेल बागलुङ नगरपालिका र पालुङटार नगरपालिका गोरखाबिच भएको छ । पहिलो खेलमा बागलुङ नगरपालिकाले गोर्खा पालुङटार नगरपालिकालाई तिनका विरुद्ध (पेलेन्टी सुट) विरुद्ध चार गोल ल्याएर बागलुङ नगरपालिका विजयी भएको छ ।

प्रतियोगिता यहि माघ २१ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख २२ हजार २ सय २२ र व्दितिय हुनेले १ लाख ११ हजार १ सय ११ रुपै“या नगद सहित ट्रफि प्रमाणपत्र पाउने छन ।

फुटबल प्रतियोगिताको उद्घाटन समारोह शुरु हुनु अघी विभिन्न झाँकीहरुव्दारा बाजर परिक्रमा गरिएको थियो भने खेलमैदानमा विभिन्न खेलकूदको डेमोष्ट्रेसन खेल प्रदर्शन गरिएको थियो भने विभिन्न साँस्कृतिक कार्यक्रम देखाईएको थियो ।
प्रस्तुत छ उदघाटन समारोका केहि तस्वीरहरु :

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *