Menu

उत्तरगंगा मावि बुर्तिबाङमा रातको समयमा भौतिक सामाग्री तोडफोडसंगै उत्तर पुस्तिकामा आगजनी !!!

छबिलाल पाण्डे बुर्तिवाङ २०७४ माघ १५ । ढोरपाटन नगरपालीका-१ बुर्तिबाङमा रहेको उत्तरगंगा माविमा गए राति कक्षाकोठा तोडफोडसंगै वार्षिक परीक्षाको लागि तयारी उत्तरपुस्तिकामा आगजनी भएको छ ।

आईतबार रातको करिब पौने १ बजेको समयमा अपरिचत व्यक्तिद्धारा विद्यालय हाताभित्र छिरी विद्यालयको कम्प्युटर कक्षा, शिक्षक स्टाफ कोठा र आर्थिक
शाखाको कक्षा तोडफोड गरेको बताईएको छ ।

तीनवटा कक्षाकोठा तोडफोडपछि कोठाभित्र रहेका दराज समेत फोडेर केही समय पहिलेका परिक्षामा प्रयोग भएर वांकी रहेका तीन वन्डल उत्तरपुस्तिकामा आगजनी गर्नुका साथै कम्प्युटर तथा अन्य फाईल सामाग्रि समेत यत्रतत्र छरीएको अबस्थामा रहेको विद्यालयका प्रअ नविन जिसिले जानकारी दिनुभयो ।

विद्यालयको सुरक्षाका लागि बस्दै आएका बुद्धिप्रसाद पौडेल विद्यालय नजिकै आफन्तिकोमा खाना खान गएको र सोहि मौका पारेर उक्त घटना भएको हो ।

पौडेल खाना खाई रातको पौने १ बजेतिर बिधालय परिसरमा आउंदा शिक्षक स्टाफको कक्षा खुल्ला भएको र उत्तरपुस्तिका भएको कक्षामा उत्तरपुस्तिका जलिरहेको देखेपछि उहांले प्रहरीलाई खबर गर्नुभएको बताईएको छ ।

प्रहरी टोली तत्काल घटना स्थलमा पुगेपनी घटनामा संलग्नको पत्ता नलागेको हो । घटनाको बिषयमा आवश्यक अनुसन्धान भईरहेको र बिधलायमा के कती क्षति भयो भन्ने बिषयमा निवर्तमान प्रअ धनबहादुर कुवंरले प्रयोग गर्दे आएको दराज र शिक्षक ईश्वरी प्रसाद पौडेलले प्रयोग गर्दै आएको दराजको आधिकारीक विबरण आएपछि मात्र भौतिक सामान के कति चोरी भएको या क्षति भएको बिषयमा थाहा हुने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक
कृष्ण रानाले बताउनु भयो ।

त्यस्तै लेखा शाखामा शिक्षक उत्तमबहादुर महतले प्रयोग गर्दे आएको दराजमा समेत तोडफोड भएको छ । आर्थिक रकम भने विद्यालयमा नभएका कारण चोरी हुन नपाएको हो । अन्य सामाग्री भने छरपस्ट रुपमा खरिएको अबस्थामा रहेको थियो ।

त्यस्तै सोहि क्रममा बिधालय नजिकै रहेका दुई घरमा लगाईएको ताला समेत तोडिएको छ । ताला तोडिए पनी घरभित्रबाट चोरी भने नभएको
बताईएको छ ।

बिगत २०६६ सालमा समेत सोहि विद्यालयको कक्षाकोठा भित्र राखिएको उत्तर पुस्तिका समेत चोरी गरी बिभिन्न स्थानमा लगेर छरिएको अबस्थामा भेटिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *