बाहिर हाँसेपनि भित्री मन दु:खेको हुन सक्छ …

पिरोलिएको मन भित्र ब्यथा लुकेको हुन सक्छ
बाहिर हाँसे पनि भित्री मन दु:खेको हुन सक्छ,
आंखामा आंसु छचल्किएर मात्र रुने होईन मान्छे
भित्री जलनले आंसुको मुल सुकेको हुन सक्छ !
***
नयाँ वर्ष जस्तै तिमीले मन फेरे के हुन्छर
माया लाग्छ भने अङ्गालोमा बेरे के हुन्छर !
कती सधै तिम्रो मात्र पछी लाग्नु ए मैसा’ब
कहिले काही त हामीलाई पनि हेरे के हुन्छर !
***
एउटा लड्दा अर्को नाच्ने पनि छन्
एउटा रुदा अर्को हास्ने पनि छन्,
मान्छेको बोली एउटा व्यबहार अर्कै हुन्छ
तिमी बिना मर्छु भन्ने बाच्ने पनि छन !
***
बिरामी नभएर कोही पनि रोगी हुँदैन
मनमा लोभ नभएर कोही भोगी हुँदैन,
भन्नेले जेसुकै भनुन आखिर सत्य यही हो
बिना कारण कोही पनि जोगी हुँदैन !
***
मेरा हर डायरी भित्र त्यही मोरीको माया छ
मेरो हर सायरी भित्र त्यही मोरीको माया छ,
कहिले तनका कुरा हुन्छ कहिले मनका कुरा
मेरा हर जाहेरी भित्र त्यही मोरीको माया छ !
***
सिगान पुच्छ्न नसक्नेले पनि राजनीति गर्छन
आमाको दुध चुस्न नसक्नेले पनि राजनिती गर्छन !
कहिले हुन्छ परिवर्तन कसरी हुन्छ देशको बिकास
आफ्नो खाना मुछ्न नसक्नेले पनि राजनिती गर्छन !

झलक काउचा मगर
बागलुङ
हाल दक्षिण कोरिया ।
२०७४ माघ १४ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *