भिमगिठेको दीपतारा आधारभुत विद्यालयमा विव्यस गठन !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ २४ । दीपतारा आधारभूत विद्यालय भिमगिठे–७ जेलपात्लेमा भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभाबक संघ गठन गरेको छ ।

विद्यालय निरीक्षक भरतकाजी अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलाले पुनः ओमबहादुृर चिफ्ले मगरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको प्रधानाध्यापक गीता थापाले जानकारी दिईन् ।

समितिको सदस्य सचिवमा प्रधानाध्यापक गीता थापा र सदस्यमा धनबहादुर घर्ती, ओममती थापा, कुुन्ती रोका, डिलमायाँ विष्ट केसी, दलबहादुर गुरुङ, नन्दलाल शर्मा, र तिलकराज शर्मा रहेका छन् ।

गोपिराम थापाको संयोजकत्वमा गठन भएको शिक्षक अभिभावक संघको सदस्य सचिव पनि प्रअ थापा नै रहेकी छिन् । सदस्यमा मिना शर्मा, अनबहादुर घर्ती, हरिकला चिफ्ले मगर, मनबहादुर घर्ती, तिलविर घर्ती, मनबहादुर गुरुङ, जितबहादुर घर्ती र दलबहादुर घर्ती रहेका छन् ।
भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिफ्ले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *