साताको तस्वीर : हाम्रो निसीखोला !

निसीभूजी नामले परिचित बागलुङ जिल्लाको सुदूर पश्चिम भागहरु निसी, भूजी र तमान खोलाको जलव्दारा सिंचित छन् । साबिक निसी, बोहोरागाउँ, देविस्थान गाविसहरुको मध्यभागबाट बग्ने निसीखोला, साबिक बोवाङ, अधिकारीचौर र बुर्तिवाङ गाविसहरुको वीचबाट प्रवाहित हुने भूजी खोला (रुद्रावती) तथा साबिक तमान, बोँगादोभान खुँखानी र खुँगा गाविसहरुको छेउछाउ भएर बग्ने तमान खोलाको संगम स्थल बुर्तिवाङ बजार हो । यसपछी यिनीहरुको एउटै नाम बन्यो रुदावती नदी जस्लाई हामी चलनचल्तीमा बडीगाड खोला भनेर भन्ने गछौँ । यो रुद्रावती नदी कालीगण्डकी (गुल्मी) मा समाहित हुन्छ, जस्लाई रुद्रवेणी भनि पुकारिन्छ ।

तस्वीर- निसीखोलाको लेवाङ गाउँलाई नियाल्दै एक युवती/ मिनु बिसी, बुर्तिवाङ ।

पछिल्लो स्थानीय संरचना अनुसार साबिक राजकुत, देविस्थान, बोहोरागाउँ र निसी गाविसलाई समावेश गरी निसीखोला गाउँपालिका बनेको छ । यस स्तम्भमा हामी निसीखोलाका बारेमा थोरै भएपनि चर्चा गर्ने प्रयास गरेका छौँ । फेला पार्न सकेका केहि पुराना तथा धौलाश्री/ईबागलुङ सहकर्मीहरुले उतारेका केहि हालका यस निसीखोलाका केहि मनोरम दृश्यहरुलाई पाठकहरु समक्ष पस्कन गैरहेका छौँ ।

तस्वीर- निसीको मसल गाउँ/कुम्बिर विश्वकर्मा, निसी ।
निसीखोला साँस्कृतिक, आर्थिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । यो छिमेकी जिल्ला रुकुमको व्यापारिक मुहान पनि हो । मध्यपहाडी लोकमार्गको निर्माण सँगै निसीखोलाको भाविष्य उज्वल बन्दै गएको छ । यसखोलामा गाईबस्तु र भेँडापालन व्यवसाय बढी रहेको छ । यहाँका पौरखी हातहरुले भेँडाका उनबाट बुन्ने राडी, पाखी, काम्ला, घुम आदि सामाग्रीहरुको निकै माग छ ।

निसेलढोर, तस्वीर- किरण आचार्य ।

निसी गाउँ, तस्वीर- किरण आचार्य ।

कप्पाई नाच, तस्वीर- किरण आचार्य ।

लेवाङगाउँ, तस्वीर- किरण आचार्य ।

तस्वीर- मकै, किरण आचार्य ।

ऐतिहासिक महत्व राख्ने साँस्कृतिक पर्व मेलाहरुले निसीखोला धनी छ । प्रत्यक वर्ष माघे सक्रान्तिका बेला निसीको पुतली र भालु नाँच अनि देविस्थानमा लाग्ने होरे मेला र निसीको निसेलढोरमा खेलिने कापै नाँचहरुले स्थानीय सँस्कृति, परम्परा र संस्कारको प्रतिनिधित्व गरिरहेका छन् । विरामी पर्दा औषधीमुलोका रुपमा निसीमा झाँक्री बस्ने प्रचलन अहिले नि छ ।

तस्वीर- निसीका स्थानीयवासी / लालसिँह घर्तीमगर, निसी ।

गहुँबालीको हरियाली सँगै रमणीय देविस्थानको गाउँ । तस्वीर- लक्ष्मी कुमाल, बागलुङ ।

राजकुतको पोखरीमा हिमालको छायाँ । तस्वीर- कविता घर्तीमगर, निसी ।
धार्मिक दृष्टिले पनि निसीखोला महत्वपूर्ण रहेको छ । चाहे त्यो राजकुतको नरसिँहकोट मन्दिर होस् चाहे थापागाउँ स्थित खाँडामष्ट मन्दिर किन नहोस्, यस खोलामा दुर्गा मन्दिर र बराह मन्दिर आदि थुप्रै रहेका छन् जहा पर्व पर्वमा देवी देवताहरुको श्रद्धापूर्वक पूजा अर्चना गरिन्छ ।

थापागाउँ स्थित खाँडामष्ट मन्दिर : राम सुवेदी
बागलुङ (निसीखोला) र रोल्पा जिल्लाको सीमानामा रहेको तिलाचन ताल र बागलुङ र रुकुम जिल्लाको बीचमा रहेकोे रिगताल यहाँका रमणीय तालहरु हुन् । निसीखोलाको सहायक मोर खोलाको शिरबाट झर्ने नौ झरनाहरुको दृश्य अति सुन्दर मानिन्छ । यी ताल र झरनाको व्यापक प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने भन्छन,स्थानीय लालसिँह घर्तीमगर ।
केहि पुराना तस्बीर

देविस्थान हर्पेका मल्ल ठकुरीहरुको पुरानो घर जुन भत्किसकेको छ /किरण आचार्य ।
***

२०२२ साल तिर बिद्यामन्दिरमा कार्यरत अमेरिकी पीसकोर भोलिन्टियर डेभ कार्लसन (Dev Carlson)ले खिचेका बोहोरागाउँका ढुंगे घरहरुको तस्वीर ।
२०२२ साल तिर बिद्यामन्दिरमा कार्यरत अमेरिकी पीसकोर भोलिन्टियर डेभ कार्लसन (Dev Carlson)ले बोहोरागाउँबाट सदरमुकाम जान हिँडेका स्थानीयवासी चौतारीमा बिसाई मार्दै ।

एकदशक पहिले सम्म अतिदुर्गम संज्ञा पाएको निसीखोला क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ । समयको परिवर्तन सँगै नयाँ नयाँ भौतिक संरचनाहरु निर्माण भैरहेका छन् । शिक्षाको विकासमा फड्को मारिरहेको छ । तरपनि यहाँको स्थानीय भेषभूषा, रहनसहन, चलनचल्ती, सँस्कारमा त्यतिठुलो परिवर्तन आईसकेको छैन । सामान्यत: प्रोपर निसीमा युवायुवती वीच मागी विवाहको प्रचलन देखिन्न । भगाई वा हातहाली विवाहा गर्ने चलन रहेको छ । निसीखोलावासीले पुराना परम्पराहरुलाई कति सम्म जगेर्ना गरि राख्न सक्छन त्यो चुनौतिको रुपमा खडा छ ।

ईबागलुङका संपादक राम सुवेदीले खिचेका निसीखोलाको जनजीवन झल्किने तस्वीरहरु:

पछिल्ला केहि वर्ष यता जलप्रकोपका कारण छिया-छिया भयो निसी । जनधनको नाश भएको छ । यस पीडाबाट स्थानीयवासी उब्री सकेको अवस्था छैन । अझैपनि पीडितहरुकालागि राहत सहयोग वितरण कार्य जारी रहेको छ ।
ईबागलुङका फोटो संपादक किरण आचार्यले खिचेका निसीका केहि तस्वीरहरु ।

यो पनि पढौं :
* बिरामीपर्दा धामीझाँक्री राख्ने निसीको प्राचीन परम्परा !

** यस वर्षपनि मनाईयो लेवाङमा ‘होरे मेला’ : हेरौं तस्वीर

*** पुतली र काफै नाँच सहित तिलाचन युवा क्लवव्दारा निसीमा आयोजित माघे सक्रान्ति मेला सम्पन्न !

**** जिल्लाको पश्चिम क्षेत्रमै दशैँमा सबैभन्दा बढी बलि चढ्ने थापागाउँको खाँडामष्ट मन्दिर

बागलुङ २०७४ माघ १४ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *