गाविस सचिवहरुको आन्दोलन जारी, आजपनि जिविसमा धर्ना, सेवाग्राही मर्कामा !

बागलुङ २०७३ माघ २३ । गाविस सचिव हकहित संरक्षण केन्द्र बागलुङले जिल्ला विकास समितिको कार्यालयमा चार दिन देखी धर्ना जारी राखेको छ । उता गाविस सचिवहरु आन्दोलमा उत्रिएका छन भने उता सेवाग्राहीहरु साधाण सिफरिस नपाएर मर्कामा परेका छन् ।

नेपाल सरकारबाट माघ १५ र १६ गतेको बैठकबाट भएका निर्णहरुको कार्यान्वयन हुनुपर्ने माग राख्दै गतबर्ष स्वीकृत भएका विभिन्न निर्णयहरुको कार्यान्वयन नभएको भन्दै दबाब स्वरुप धर्ना दिएको केन्द्रले जनाएको छ ।

गतबर्ष स्वीकृत भएर आएको गाविस सचिवहरुलाइ प्रोत्साहन भत्ता यस बर्ष अर्थमन्त्रालयबाट सहमती नगरिएको, विभिन्न समयमा बुझाइएको ज्ञापनपत्रको सुनुवाइ हुनुपर्ने,निजामती कर्मचारीलाइ कानुन निर्माण गर्दा संघीय, प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने, गाविस सचिवहरुलाइ वडा सचिवमा मात्र सीमित नगरी योग्यता,क्षमता,दक्षताका आधारमा जुनसुकै पदमा खटाउनुपर्ने,गाविस सचिवहरुलाइ सरुवामा रोक्का नगर्न लगायतका ९ सुत्रीय माग राख्दै धर्ना दिएका हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *