Menu

कालीगण्डकी करिडोर विस्तारको जिम्मा नेपाली सेनालाई दिईनुपर्ने स्थानीयवासीको माग !

किरण आचार्य, बागलुङ २०७४ माघ ९ । लामो समयको प्रयासपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर बागलुङ–गुल्मी खण्डमा सवारी साधन गुड्न थालेका छन ।

वि.स. २०७१ सालमा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कोरल्ला नाका देखि सुनौलीसम्म नेपाली सेनाले जिम्मा लिएर छोटो समयमा धेरै काम सम्पन्न भएपछि सवारी साधन सुचारु भएका हुन ।

बागलुङ गुल्मी सडक खण्डमा कालिगण्डकी करिडोर सडक विभाग अन्तरगत २०६४ बाट काम सुरु गरेतापनि यस खण्डमा ठुला चट्टान, भीर भएकाले बजेट खर्च भएकोपनि सडक विस्तार हुन सकेको थिएन । २०७१÷७२ बाट नेपाली सेनाले जिम्मा लिएपछि बाटो तिव्र रुपमा निर्माण भएको हो ।

अहिले यस क्षेत्रमा सडक साघुँरो भएपनि जवरवस्ती साना तथा ठुला सवारी साधनहरु झन्डै १ सय देखि १ सय २० सम्म आवत जावत गरिरहेका छन ।

यस क्षेत्रमा कालाखोला, दम्कभीर, सिउँदेका पहरा, कुचुनेभीर, डाडाकालभीर, बेलबगरका भीर, बाघखोरभीर लगायत गुल्मीका ठुला पहराहरुमा सात मिटर मात्र काटिएको हुनाले सवारी साधानहरु सहजरुपमा आवतजावत गर्न सकेका छैनन् । चालकहरुले साना गाडीलाई सहजता भएपनि ठुला सवारी साधनलाई असहज हुने गरेको बताउछन ।

बागलुङ र गुल्मी जिल्लाका स्थानीयवासीले राष्ट्रिय गौरवको योजना भएकाले सडक विस्तारको जिम्मा नेपाली सेनाले लिइ तीव्र रुपमा कार्य अगाडि बढाएकाले यो सडक १०/१२ मिटर चौडा हुनुपर्ने बताउछन ।

यो कडा चट्टान, भीर पहरा भएकाले नेपाली सेनालाई नै पुन जिम्मेवारी दिई कार्य सम्पन्न गर्नुपर्ने उनीहरुको माग छ ।

जिम्मेवारी पुरा गरिएको र सवारी साधनको चाप बढेसंगै सडकको पनि चौडा गर्नुपर्ने देखिएको र नेपाल सरकारले थप जिम्मेवारी दिए तीव्ररुपमा काम गर्न सकिने ईन्जिनियर लेपटन इश्वर नेपालले बताए ।

नेपाल मै थोरै समयमा नै धेरै भएपछि कुन अवस्थमा कसरी निर्माण भइरहेको छ भनेर अनुगमन क्रममा क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले उदाहरणीय कार्य भएको भन्दै जनताको माग अनुसार राष्ट्रिय गौरवको आयोजना भएकाले पनि सडकलाई आवश्यक रुपमा लम्वाउने तथा चौडा बनाउने गर्नुका साथै नेपाली सेनाले नै पुन जिम्मेवारी लिनुपर्ने बताए ।

यस सडक निर्माण भएपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतका स्थानीयहरु दक्षिण जानका लागि र स्याङजा, पाल्पा, बुटवल, गुल्मीका स्थानीयहरु मुस्ताङ जानलाई सहज भएको छ भने मालवाहक सवारी साधनलाई भने असहज भएको देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *