साताको तस्वीर : झोलुङ्गे पुलको जिल्ला !

बागलुङ जिल्ला झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । पन्चायतीकालमा राष्ट्रिय पन्चायतमा एक पटक देशको बजेट पेस गर्दा अर्थमन्त्रीले बागलुङ जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनेर उल्लेख गरेपछी झोलुङ्गे पुलको जिल्ला भनेरबढी प्रचारित भएको हो ।


तारा खोलामा मिसिने ठाडो खोलामा निर्मित ५ मिटर लामो झोलुङ पुल ।

त्यसो त, नेपालका पचहत्तरै जिल्लाहरुका खोला नाला, खोल्सा खोल्सी र नदीहरुमा झोलुङ्गे पुलहरु प्रसस्तै नभएका होईनन् तर बागलुङ जिल्ला विशेष चर्चामा आउनुका खास कारण छन् । बागलुङ जिल्लाको तारा गाविस भएर बग्ने तारा खोला (दरम खोला भनिनु भन्दा माथिल्लो खण्ड) मा निर्मित दुई दर्जन झोलुङ्गे पुलहरुमा यी तीन वटा झोलुङ्गे पुलहरु (जुन यहाँ प्रस्तुत गरिएको छ)लाई मात्र लिने हो भनेपनि ‘यसकारण पो बागलुङ जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनिएको रहेछ’ भनेर मान्न करै लाग्छ ।


घरको करेसाबाट बग्ने ठाडो खोलामा बनाएको झोलुङ्गे पुल ।

तारा गाविसमा छोटोमा ५ मिटर सम्मका झोलुङ्गे पुल छ । घरका छेउछाउबाट पानी बग्ने ठाडा र साना खोल्सामा समेत वारपार गर्न झोलुङ्गे पुल निर्माण गरिएको देख्न सकिन्छ । त्यति मात्रै नभएर दुई खोला वारपार गर्ने गरी जोडिएका झोलुङ्गे पुलहरु समेत तारा खोलामा निर्माण भएका छन् ।

मोटर तार्न बनाईएको काठको पुल जस्वाट सर्वसााधारणलाई वारपार गर्न सहज भएको छ ।

अहिले आएर यी झोलुङ्गे पुलहरु संरक्षणको अभावले जीर्ण बनेका मात्र नभएर अब यिनको आवश्यकता महसूस समेत हुन छोडेको छ । कुनै पुलहरु भत्काई सकिएको छ भने कुनै भत्काउने अवस्थामा रहेका छन् । गाउँ गाउँमा मोटर लैजान खोलामा मोटरेबल पुल निर्माण कार्यले तीब्र गति लिएकोले केहि पुलहरु प्रयोगहीन अवस्थामा पुगेका छन् भने केहि झोलुङ्गे पुलहरुको अस्तित्वनै निम्ट्यान्न भैसकेको छ ।

अब त्यो दिन टाढा छैन झोलुङ्गे पुल कहाँ छ भनेर बत्ति बालेर खोज्नु पर्नेछ ।

गल्कोट सहकर्मी बालकृष्ण सुवेदीको साथमा ।

माथिको तस्वीर- तारा गाविसको साँघुबोट भन्ने तारा खोलामा निर्मित झोलुङ पुल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *