Menu

हालसम्मकै सर्वाधिक पुरस्कार राशीको कालिका कप भलिबल प्रतियोगिता चैत दशैँमा !

बागलुङ २०७४ माघ ९ । कालिका भगवती मन्दिरमा लाग्ने चैत दशैँ मेलामा हाल सम्मकै सर्वाधिक पुरस्कार राशी भएको पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

आगामी चैतदशैँका अवसरमा आयोजना गरिने कालिका कप भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशी रु १ लाख ५० हजार राखिएको छ भने व्दितिय पुरस्कार रु १ लाख र तृतिय पुरस्कार रु ५० हजार राखिएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

यसैगरी १ जना सर्बोकृष्ठ खेलाडी तथा अनुशाषित १ टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आगामी चैत ९ देखि १३ चैत्राष्टमी मेला हुँदै छ ।

यसैवीच इटहरीमा सोमबार सम्पन्न भएको राखेप च्याम्पियन सिप अन्तर्गत १३ औं राष्ट्रिय उसु प्रतियोगिताको सान्सौं तर्फ पश्चिमाञ्चलबाट सहभागी समावेश बागलुङका चार खेलाडी मध्ये ३ जनाले रजत र १ जनाले काश्य पदक जितेका छन् ।
प्रतियोगितामा बागलुङका रेखा बोहरा, अनुप खड्का, योगेन्द्र थापाले रजत पदक प्राप्त गरेका छन । किरण घर्तिमगरले काश्य पदक प्राप्त गरेको बताइएको छ । यस्तै पश्चिमाञ्चलबाट सहभागिता जनाएका प्रवेश राना मगर र पुजा गुरुङले पनि काश्य पदक प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *