जनज्योति आधारभूत विद्यालय तमान खोलाको ४२औं वार्षिकोत्सव सम्पन्न !

दिलमायाँ प्रतेल, बुर्तिवाङ २०७४ माघ ९ । तमानखोला गाउँपालिका वडा नं. २ स्थित जनज्योति आधारभूत विद्यालय तमानखोलाको ४२औं वार्षिकोत्सव सरस्वती पूजाका दिन सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रमको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले उदघाटन गर्दै, आफ्नो गाउँपालिका क्षेत्रका विद्यालय सुधार कार्यक्रमलाइ मुख्य एजेण्डा बनाएको भन्दै स्थानीय सरोकारवालाहरुले समेत सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बुढाले, शिक्षक विद्यार्थी र अभिभावकहरुको त्रिकोणात्मक संबन्ध र शिक्षाको विकासमा सक्रियताले मात्र शिक्षामा गुणस्तर वृधि गर्न सकिने भन्दै सबै मिलेर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य झकबहादुर विक, जनजागृति मावि स्रोतकेन्द्र बोंगादोभानका स्रोत व्यक्ति बेदबहादुर बुढा, मंगला आधारभूत विद्यालयका शिक्षक खीम रसाईली लगायतले मन्तव्य राखेका थिए ।

स्थानीय निकायका जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवि विद्यालयका विद्यार्थी तथा अभिभावह उपस्थित रहेको कार्यक्रममा विद्यालयका चन्दादाता सम्मान समेत गरिएको थियो ।

यसैबीच विद्यालयको वार्षिकोत्सवका अवसरमा प्रधानाध्यापक भवेन्द्र पुनले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरका विद्यालयले अन्तर विद्यालय स्तरीय शैक्षिक गायन कार्यक्रमको समेत आयोजना गरेको थियो । सो कार्यक्रममा जनजागृति मावि बोंगादोभान प्रथम, मंगला आधारभूत विद्यालय व्दितिय भएकोे छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर केसीको अध्यक्षता विद्यार्थी सविना घर्तिको स्वागत तथा प्रधानाध्यापक भवेन्द्र पुनको सञ्चालनमा सम्पन्न भएकोे थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *