छन्त्याल समुदायका आगलागी तथा बाढी पहिरो पीडितलाई राहत रकम वितरण !

राम सुवेदी, बुर्तिवाङ २०७४ माघ ९ । नेपाल छन्त्याल संघ केन्द्रीय समितिले बडीगाड र निसीखोला गाँउपालिकामा रहेका छन्त्याल समुदायका आगलागी तथा बाढि पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ ।

बैदेशिक रोजगारीका लागी दक्षिण कोरीया पुगेका छन्त्याल युवाहरुद्धारा दैवि प्रकोप र बिपत्तीमा परेकाहरुलाई सहयोग गर्ने उद्धेश्यले त्यहाँ संकलन गरिएको नगद १ लाख ३५ हजार १ सय रुपैयाँ रकम हिजो एक कार्यक्रमका बिच ढोरपाटन नगरपालिकाकी उपप्रमुख कर्मती पुनका वितरण गरेकी हुन् ।

बडीगाड गाँउपालिका वडा नं. ९ का आगलागी पीडितहरु शशि छन्त्याल, कमल छन्त्याल, तारा छन्त्याल र लिला छन्त्याललाई नगद २०÷२० हजारका दरले राहत रकम वितरण गरिएको छ । उता गत साउन २० गते राति निसीखोला गाउँपालिका वडा नं. १ देविस्थानको बाहुनगाउँमा मनिमान छन्त्यालको परिवारका ४ जना परिवार पहिरामा पुरिएर मृत्यु भएका पीडित परिवारका सदस्य सीता छन्त्याललाई ३० हजार तथा सोही स्थानमा घर पुरिएर क्षति भएका शवराज छन्याललाई नगद २० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ । उक्त राहत रकमे हातबाट वितरण गरिएको हो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी बुद्धिजिवी तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

राहत रकम हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका उप–प्रमुख करमती पुनले, रोजगारीका लागी विदेश पुगेर पनि आफ्नो गाँउ–ठाँउमा पर्ने आपत विपतमा सहयोग गर्ने छन्त्याल समुदायका युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले राहत रकमलाई सही सदुपयोग गर्न समेत पीडित परिवारलाई आग्रह गरिन् ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिबाङ स्रोत केन्द्रका स्रोत ब्यक्ती हरिचन पाण्डे, नेपाल छन्त्याल संघ केन्द्रीय समितिका पुर्व सल्लाहकार थम प्रकाश छन्त्याल, छन्त्याल युवा संघका लिला बहादुर छन्त्यालले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको नेपाल छन्तयाल संघका केन्द्रिय उपाध्यक्ष पदम छन्त्यालले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *