बसन्त पञ्चमीको अवसरमा गोल्डेन गेटमा गजल प्रतियोगिता !

बागलुङ २०७४ माघ ९ । गोल्डेन गेट एजुकेशनल सेन्टर, बागलुङले बसन्त पञ्चमीको अवसरमा बिद्यार्थीमा रहेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले गजल प्रतियोगिताको आयोजना गरेको छ । गजल प्रतियोगिताको उद्घाटन गर्दै कोरियन भाषा प्रशिक्षक अनुप रिजालले बिद्यार्थीहरुले अध्ययनको अलवा बिभिन्न रचनात्मक क्रियाकलापलाई पनि अगाडि बढाउन आवश्यक रहेको बताए ।

१५ जनाले सहभागिता जनाएको सो प्रतियोगितामा सेन्टरमा अध्ययनरत सुनिल गौतम प्रथम, बिक्रम हमाल व्दितीय र दिलेन्द्र सुनार तृतीय भएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा, कोषाध्यक्ष बिजय राना, केन्द्रिय पार्षद ताराप्रसाद शर्मा र स्रष्टा बिनोद पौडेल लगाएतले रचना बाचन गरेका थिए ।

कार्यक्रम गोल्डेन गेट एजुकेशनल सेन्टरका कोषाध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षता रहेको थियो भने सचिव राजेन्द्र पुनको स्वागत र प्रवन्ध निर्देशक नेत्र बिष्टको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *