प्रहरी कार्यालय मै थुनुवाहरुलाई स्वास्थ्य परीक्षण शिविर( भिडियो सहित)

पोखरा, २०७४ माघ ९ । जिल्ला प्रहरी कार्यालय कास्कीले हिंजो विभिन्न मुद्दामा हिरासतकक्षमा थुनुवा जीवन बिताइरहेकाहरुको स्वास्थ्य परिक्षण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका अन्य प्रहरी ईकाइहरुमा रहेका विभिन्न मुद्दाहरुका थुनुवाहरुलाई प्रहरी कार्यालय कास्कीको परीसरमा स्वास्थ्य परीक्षण गरीएको हो । सो अबसरमा औषधि समेत वितरण गरीएको थियो ।

नेपाल प्रहरी अस्पताल काठमाडौंबाट प्रहरी नायव उपरीक्षक डा. नविन कुमार चौधरी लगाएतको प्रहरी चिकित्सकद्धारा स्वास्थ्य परीक्षण गरीएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *