Menu

पत्रकार महासंघ बागलुङको निर्माणाधीन भवनका लागि रु १ लाख १८ हजार सहयोग प्राप्त !

बागलुङ २०७४ माघ ८ । आज श्री पन्चमी सरस्वती पूजाको शुभ दिनमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्माणाधीन भवनको लागि विभिन्न महानुभाव एवं शैक्षिक संस्थाहरुबाट रु १ लाख १८ हजार ४ सय ८७ सहयोग प्राप्त भएको छ ।

स्थानीय गोल्डेन गेट एजुकेशन सेन्टर प्रालिमा सरस्वती पूजाका अवसरमा युवा व्यवसायी नेपाल राष्ट्रिय वाणिज्य सघ नगर कमिटी बागलुङका अध्यक्ष, कालिका मनीट्रान्सफरका संचालक एवं कोरिया भाषा प्रशिक्षक अनुप रिजालले रु ५० हजार ५ सय ५५ रुपयाँ नेपाल पत्रकार महासंघ बागलुङको निर्माणाधीन भवनका लागि महासंघ बागलुङ शाखाका अध्यक्ष दिल श्रीसलाई प्रदान गरेका छन् ।

सरस्वती पूजा कै दिन निर्माणाधीन भवनको लागि फयूचर ब्राईटर माबिले रु १५ हजार ५ सय ५५ , अमृत आदर्श आमाबिले रु १० हजार र गोल्डेन गेट एजुकेशन सेन्टरले रु १० हजार सहयोग प्रदान गरेका छन् ।

यसैगरी, धौलागिरी बहुमुखी क्याम्पसले रु ९ हजार ५ सय, अधिवक्ता राजु गौतमले रु ७ हजार ७ सय ७७, व्यवसायी दिलप्रसाद शर्माले रु ५ हजार ५ सय ५५, पत्रकार भाषा शर्माले रु ५ हजार १ सय तथा युएस एकेडमी बोर्डिङ स्कूलले रु ५ हजार प्रदान गरेका छन् ।

सहयोग दाताहरुलाई महासंघ बागलुङले आभार व्यक्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *