Menu

अमर माध्यमिक विद्यालय, बिहुँको ५२ औ बार्षिक उत्सव सम्पन्न !

भरत प्रसाद सापकोटा, बागलुङ २०७४ माघ ८ । बागलुङ जिल्ला काठेखोला-५ बिहुँ स्थित अमर माध्यमिक बिद्यालयको ५२ बार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सामुदायिक बिद्यालयहरु निक्कै नै खस्कदो अवस्थामा रहेकाले यस क्षेत्र सम्पुर्ण सामुदायिक बिद्यलयहरु स्तर र शैक्षिक गुणस्तरलाई बृद्धिगर्न एकिकृत योजना मार्फ़त अघि बढ्न लाागेको बताएका छन् । यो योजना आगामि शैक्षिक सत्रबाट सुरु गरिने समेत उद्धाष गरेका थिए ।

बिद्धालयका प्रधानाध्यापक भीष्म कँडेलले आर्थिक एवं बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कुल आम्दानी रु १,३६,३९,५५६/६५ र कुल खर्च रु ९१,६१,३३६।९२ रुपैया रहेको बताउदै नेपाल सरकारले भर्खरै मात्र लागु गरेको नमूना विद्धयालय कार्यक्रम अन्तर्गत अमर माध्यमिक बिद्धालय पर्न सफल भएको जानकारी दिएका थिए ।

सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं पूर्व सासंद गोबिन्द प्रसाद शर्मा कडेंल श्रोत ब्यक्ति रामानन्द कडेंल वडा न ५ का अध्यक्ष शिवप्रसाद कडेंल, भीमसेन माध्यमिकका प्र अ रघुनाथ कडेंल, अक्षय कोषदाताहरुको तर्फ देखि बालगौरी, अक्षय कोष तर्फ बाट गौरिशंकर शर्मा सुवेदी शिंक्षक अभिभावक संघका संयोजक तुलसिराम कडेंल, पुर्व विद्धालय व्यवस्थापनका अध्यक्ष नविन प्रसाद कडेंल विद्धालय व्यवस्थापन समितिका सदस्य नन्दलाल वि क बिहुँकोट अमर क्याम्पसका प्राध्यापक कृष्ण प्रसाद कडेंल पूर्व विद्यार्थी भरत सापकोटा विद्धार्थी गंगा कडेल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत विद्धालय व्यवस्थापन सदस्य प्रेम पुनले गरेका थिए ।

बर्ष भरी बिद्धालय आयोजना गर्ने विविध कृयाकलापहरु उत्कृष्ट नतीजा सरसफाई हाजिरी जवाफप्रतियोगिता रिले दौड भलिवल प्रतियोगिता फुटवल प्रतियोगितामा सफल हुने बिद्यार्थीहरु नगद शहित पुरस्कार वितरण गरिएको थियो । शिक्षक गणेश प्रसाद कडेंलको सन्चालनमा भएको कार्यक्रमको सभापतित्व जेष्ठ सदस्य होमनाथ कडेंलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *