Menu

ताराखोलामा नवागत प्रशासकीय अधिकृत भुसालको स्वागत !

पूर्णभद्र न्यूरे, ताराखोला, बागलुङ २०७४ माघ ८ । ताराखोला गाउँपालिकाले आज एक कार्यक्रम को आयोजना गरि नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषाललाई स्वागत गरेको छ ।

यस अघि कार्यकारी अधिकृत रहेकी शान्ति बन्दना पौडेलको सरुवा पछि बिगत ५ महिना देखि ताराखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहीन रहेको थियो । आइतबार देखि हाजिर भएका प्रमुख प्रसासकीय अधिकृत भुषालले स्वागत तथा परिचय कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकालाई समुन्नत गाउपालिका बनाउनको लागि आफ्नो सम्पूर्ण सामर्थ्य लगाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै आफ्नो कार्यकालमा सम्पूर्ण जनप्रतिनिधि , कर्मचारी , राजनैतिक दल र सामुदायको सकारात्मक सहयोगको अपेक्षा समेत राखेको बताए ।

स्वागत तथा परिचय कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि राजनैतिक दलका प्रतिनिधि पत्रकार तथा स्थानीयहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता ताराखोला गाउपालिकाका नायब सुब्बा खडक बहादुर थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *