त्रिभुवन माविले चन्दा बोल कार्यक्रमबाट हालसम्म ६३ लाख भन्दा बढी रकम संकलन !

कौरव खत्री, गुल्मी २०७४ माघ ८ । गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई नमूना बनाउन र प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य अनुसार विद्यालयले हालसम्म रु ६३ लाख, ६ हजार, ९ सय,१० रुपैया बराबरको आर्थिक सहयोग जुटाएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।

स्वर्ण महोत्सवलाई लक्षित गदै विद्यालयले आर्थिक संकलन अभियान मार्फत उक्क्त रकम जुटाएको हो । आर्थिक संकलन अभियान देश तथा विदेशमा समेत तिव्रताका साथ अगाडी बढिरहेको विदालयका शिक्षक रायमाझीले बताए ।

विद्यालयले आफ्नो ५० बर्ष पूरा गरेको अवसरमा आँउदो फागुन १ देखि ५ सम्म विद्यालयले बृहत रुपमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ ।
साव

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *