पर्वत दुर्लुङको महभीरमा साहसिक खेल ‘क्यानोनिङको सुरुवात !

महेन्द्र केसी, पर्वत २०७४ माघ ८ । पर्वत जिल्लामा पहिलो पटक क्यानोनिङ (छाँगावरोहण) सुरुवात भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभीर झरनामा औपचारिक रुपमा संचालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै यस क्षेत्रमै पहिलो पटक यो खेलको शुरुवात भएको हो ।

१ सय १० मिटर लामो झरनामा छाँगावरोहण संचालन गरिएको छ । पहिलो दिनमा विभिन्न कम्पनीका तालिम प्राप्त साहसिक पथ प्रदर्शक र स्थानीय तालिम प्राप्त युवाहरुले क्यानोनिङ गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रको पहिचान, विकास र प्रर्वद्धनको लागि क्यानोनिङको तयारी गरिएको स्थानीय श्रीप्रसाद गुरुङ्गले बताए।

आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथै आफ्नै गाउँ ठाउँमा भएका प्रकृति सम्पदाहरुको प्रर्वद्धन र विकासका लागि क्यानोनिङको शुरुवात गरेको भिमबहादुर गुरुङले बताए । जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि आफूहरुले यो खेलको सफल परिक्षणका साथै सुरुवात गरेको गोलमान गुरुङले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *