आज श्रीपन्चमी, सरस्वती पूजाको दिन, विहानै देखी सरस्वती देवीको मन्दिरमा विद्यार्थीको घुँईचो !

बागलुङ २०७४ माघ ८ । आज वसन्त पञ्चमी हिन्दूहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । सरस्वती ज्ञानविज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ।

आजको दिनमा बालबालिकालाई अक्षर पढन लगाएर शिक्षाको शुभारम्भ गरिने प्रचलन रहि आएको छ । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ । विधि–विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ । कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो सरस्वती पुजाको दिन ।

आज सवेरै देखी विभिन्न शिक्षण संस्थाहरुमा शिक्षक विद्यार्थीहरुले सरस्वती पूजा गर्छन । विभिन्न शैक्षिक कार्यक्रमहरु गरेर सरस्वती प्रति हार्दिक श्रद्धाभाव व्यक्त गरिन्छ ।

विहानै देखी कालिका भगवती मन्दिर लगायत सरस्वती मन्दिरहरूमा विशेष भीड लाग्ने गर्दछ। विभिन्न सरस्वती मन्दिरमा विद्यार्थीहरुको घुँईचो लागेको छ ।

सरकारी एवं गैर सरकारी विद्यालयहरुले विविध कार्यक्रमहरुको आयोजना गरी सरस्वती पूजा गरिरहेका छन। आज सरकारले शैक्षिक संस्थाहरुलाई बिदा दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *