पुतली र काफै नाँच सहित तिलाचन युवा क्लवव्दारा निसीमा आयोजित माघे सक्रान्ति मेला सम्पन्न !

खेमराज अर्याल, बुर्तिबाङ २०७४ माघ ८ । निसीखोला गाँउपालिकाको वडा नम्बर ६ भल्कोटमा तिलाचन युवा क्लवले आयोजना गरेको माघे सक्रान्ति मेला आईतवार सम्पन्न भएकोे छ । क्लवले माघे सक्रान्तिको अवसरमा परम्परागत रुपमा माघ ३ गते मनाईने पुतली नाँच सहित पुरुष भलिवल प्रतियोगिता महिला भलिवल प्रतियोगिता दोहोरीगीत, एकल नृत्य प्रतियोगिता लगाएत विविध कार्यक्रम आयोजना गरेको थियो ।

आयोजित कार्यक्रम मध्य १९ समुहको सहभागिता रहेको खुल्ला पुरुष भलिवल प्रतियोगितामा सनराइज युवा क्लव जुग्जाखोला प्रथम र जनजागरण युवा क्लव निसी द्धितिय भएका छन् भने ९ समुहको सहभागिता रहेको महिला भलिवल प्रतियोगिताबाट एन्वाइसी बोबाङ प्रथम र दलित उत्थान संघ भल्कोट व्दितिय भएको छ । दोहोरी गीत प्रतियोगितामा विवेक घर्तीको समुह प्रथम रेशम घर्तीको समुह द्धितिय भएका छन् भने छेलो प्रतियोगितामा राम वहादुर विश्वकर्मा म्युजिक प्रथम तथा जिवन विश्वकर्मा र विमल विश्वकर्मा व्दितिय भएका छन् । एकल नृत्य प्रतियोगितामा प्रतिक्षा घर्ती मगर प्रथम र तुलसा बुढा मगर द्धितिय भएकी छन् ।

स्थानिय कला सँस्कृतीको संरक्षण र विकासका लागी आयोजित कार्यक्रममा निसीको स्थानिय पुतली नाच र भालु (काफै) नाच मेलाको मुख्य आर्कषण बनेको थियो ।

सो अवसरमा नैनासिङ बुढा मगरको समुहले पुतली नाच प्रस्तुत गरेको थियो भने वेगम बुढा मगर र डोर वहादुर घर्ती मगरले भालु काफै नाच प्रस्तुत गरेका थिए ।

नाँच प्रस्तुत गरिहँदा बोलिने अश्लील शव्द बोलिमा सुधार ल्याउनु पर्ने दर्शकहरुले आवाज उठाएका छन् । कार्यक्रममा जथाभावी अश्लील शव्द प्रयोग गर्ने परम्परा कायम रहेको भन्दै उनिहरुले यसमा समयानुसार परिवर्तन गर्न सुझाएका छन् । देवीस्थानको लेवाङमा मनाईने होरे मेला र निसी भल्कोटमा लाग्ने पुतली नाँचमा यस्ता फोहोर शव्द बोल्ने धेरै पुरानो प्रचलन यद्यपि कायम रहेको छ ।

कार्यक्रम क्लव अध्यक्ष कुशल बुढा मगरको अध्यक्षता वडा नम्बर ६ का वडा सदस्य हेम बहादुर बुढाको प्रमुख आतिथ्यता र क्लव सदस्य भरतसिँह सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको बुधबार बागलुङ क्षेत्र नम्बर २ प्रदेस ख का प्रदेश सांसद टेक वहादुर घर्तीले उद्घाट्न गरेका थिए ।

यसपाली (२०७४ साल माघ ३ गते) निसी भल्कोटमा प्रदर्शन गरिएको पुतली नाँच ।

भिडियोमा कतै अश्लील शव्दहरु सुनिन्छ, यसको लागि क्षमा याचना गछौँ ।

फाईल तस्वीर : किरण आचार्य, ईबागलुङ डटकम ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *