बेल्जियममा पृथ्वी जयन्ती : पृथ्वी नारायण शाहको पौरखले नेपाली हुनुको गौरव प्राप्त !

दिपेन्द्र केसी, लुभेन, बेल्जियम, २०७४ माघ ८ । प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा हिजो २१ तारीखमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस एक चियापान एवँ समारोहका साथ मनाईयो ।

सहभागीहरुले पुष्पार्पण तथा मैनबत्ति प्रज्वलन गरी राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहप्रति श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

कार्यक्रममा अतिथीको आसनबाट एनआरएन बेल्जियमका उपाध्यक्ष गोविन्द सिंह अधिकारी र जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले राष्ट्र निर्माता श्री पृथ्वी नारायण शाहको पौरखले नेपाली हुनुको गौरव प्राप्त भएको तथ्य स्मरण गर्दै मौसूफका सद्गुणहरुको अवलम्बन अहिलेको समयमा अझ जरुरी रहेको कुरा औल्याएका थिए ।

प्रनेएसल्भेन क्षेत्रका अध्यक्ष रामचन्द्र पाठकको समभापतित्वमा भएको समारोहमा स्वागत मन्तव्य महेन्द्र पन्तले ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन दिपेन्द्र केसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *