विभिन्न बोर्डिङ स्कूलहरुको वार्षिकोत्सव जारी !

बागलुङ २०७४ माघ ७ । यतिबेला सदरमुकाम र यस आसपासका विभिन्न आवासीय विद्यालय (बोर्डिङ स्कूल)हरुको वार्षिकोत्सवका कायक्रमहरु सुरु भएका छन् । यसै सिलसिलामा न्यु एभरेष्ट एकेडेमी बागलुङको १२ औँ वार्षिकोत्सवको शनिबारदेखि शुरु भएको छ । शनिवार नै यु एस एकेडेमी बोर्डिङ स्कुलले १५ औ बार्षिकोत्वसको अवसरमा शनिवार बजार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उता अमृत आदर्श आवासीय माविले पनि आफनो वार्षिकोत्सवका कार्यक्रमहरु जारी राखेको छ ।

न्यू एभरेष्ट एकेडेमीको बाह्रौँ वार्षिकोत्सवको शनिवार बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले उद्घाटन गरेका छन् भने माघ ३ गते देखि शुरु भएको युएस एकेडेमी बोर्डिङ स्कूलले वार्षिकोत्सव कार्यक्रम कै सिलसिलामा शनिवार नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आइतवार हस्तकला प्रदर्शनी, खेलकुदको फाइनल र ८ गते बिहान सरस्वती पुजा, बालबालिकाका लागि अक्षर आरम्भ र दिउँसो मुल समारोह हुने विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *