Menu

बिद्यामन्दिर पुस्तकालयमा साहित्य गोष्ठी

कोपिला कंडेल, बागलुङ २०७४ माघ ७ । बिद्यामन्दिर पुस्तकालय अन्र्तगत साहित्यीक उपसमितिको आयोजनामा आज बागलुङ्गमा एक समारोहका बिच साहित्य गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा करिब दर्जन सर्जकले कबिता गजल मुक्तक र हाईकु लगायतका सृजना बाचन गरेका थिए ।

सहभागी श्रस्टाले सृजना मार्फत मुलुकमा भैरहेको राजनितिक परिवेस, असमानता बिभेद भ्रष्टाचार लगायतका गतिबिधी उजागर गर्नुका साथै बिभिन्न श्रीङ्गारिक धारका सृजना समेत बाचन गरेका थिए ।

सो अवसरमा बोल्दै धौलागिरी बाङ्गमय समाजका संस्थापक संरक्षक लालचन्द्र राजभण्डारीले साहित्य जगेर्ना गर्नका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो । उनले कला साहित्य र संस्कृतिको संरक्षण र प्रबद्धन गर्नका लागि साहित्यलाई निरन्तर रुपमा अगाडी बढाउन आग्रह समेत गरे।

कार्यक्रममा सर्जक राजेशचन्द्र राजभण्डारी तारा शर्मा स्टार गोबिन्द सुबेदी,प्रेम मगर कोपिला कंडेल, दिनेश बिकल्प, सृजना कार्की, सुप्रिया साप्कोटा, राजन प्रभात कमला आचार्य, र थकित नायक लगायतले सृजना बाचन गरेका थिए ।

कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, साहित्यिक उपसमितिका सदस्य कोपिला कंडेलको स्वागत मन्तब्य र संयोजक तारा शर्मा स्टारको संचालनमा सम्पन्न भएको थियो । पुस्तकालयले प्रतेक महिनाको पहिलो शनिबार बिहान ९ बजे साहित्य गोष्ठी गर्ने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *